
बंगलादेश अवामी लिग पार्टीका एक समर्थक बिहीबार ढाकामा आयोजित चुनावी रयालीमा प्रधानमन्त्री सेख हसिनाको बडेमानको तस्विर बोकेर सहभागी हुदै । तस्विर- एपी
ढाका, १३ पुस – बङ्गलादेशमा आइतबार हुन लागेको आमनिर्वाचनप्रति संयुक्त राष्ट्रसङ्घले चासो व्यक्त गरेको छ । निर्वाचनको हाल जारी अभियानका क्रममा भएका आन्दोलन तथा हिंसात्मक क्रियाकलापका कारण निर्वाचनको दिनमा पनि हिंसा बढ्नसक्ने आशङ्का बिहीबार संयुक्तराज्य अमेरिका र संयुक्त राष्ट्रसङ्घले गरेका छन् ।
आइतबार हुन लागेको सो आमनिर्वाचनको विषयलाई लिएर आन्दोलन चर्किएको छ । सो आन्दोलनका कारण एक सय भन्दा बढी मानवअधिकारवादी पक्राउ परेका छन् ।
विपक्षीलाई प्रहरीले आक्रमण गरेको आरोप उनीहरूको छ । सरकारले सयौँ विपक्षीहरूलाई जेल हालेको भन्दै केही दिनयता आन्दोलन जारी राखेका छन् । निर्वाचन अघिको हिंसाका कारण अमेरिका र संयुक्त राष्ट्रसंघबाट यस प्रकारको चिन्ता व्यक्त भएको बताइएको हो ।
दक्षिण एसियाली यस राष्ट्रका प्रधानमन्त्री शेख हसिनाले आतइबार हुने निर्वाचनमा आफ्नो चोथौ कार्यकालको लागि आफ्नो दलको तर्फबाट चुनावी प्रचार गर्नुभएको थियो ।
बङ्गलादेशका प्रमुख विपक्षी नेत्री खालिदा जिया जेलमा रहनु भएको छ । उहाँले विर्वाचन स्वतन्त्र र निष्पक्ष नहुने बताउनुभएको छ ।
बङ्गलादेशको लागि अमेरिकी राजदूत एरल मिलरले चुनावी अभियानका क्रममा हुने हिंसामा विपक्षी पार्टीप्रति नै हिंसा लक्षित हुनसक्ने बताउनुभएको छ ।
बङ्गलादेशका प्रमुख निर्वाचन आयुक्त केएम नुरुल हुदासँग भएको वार्ताको क्रममा मिलरले सो चिन्ता व्यक्त गर्नुभएको बताइएको छ ।
उहाँले प्रमुख निर्वाचन आयुक्तसँगको भेटका क्रममा यहाँका प्रमुख विपक्षी दलका कार्यकर्ताहरूलाई तारो बनाइएको र निर्वाचनका क्रममा पनि उनीहरूमाथि हिंसा हुनसक्ने अमेरिकी चासो आफूले उठाएको बताउनुभएको थियो ।
गएको दुई हप्तादेखि बङ्गलादेशमा जारी हिंसाबाट विपक्षीहरूलाई तारो बनाइएको पाइएको छ । सोही कारण नै अमेरिकाले यो चासो व्यक्त गरेको समाचारमा जनाइएको छ ।
निर्वाचन प्रचारप्रसारको क्रममा जारी हिंसामा अल्पसङ्ख्यक र महिला उम्मेदवारसमेत पीडित भएको मिलरद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।
आक्रमणहरूमा प्रायः विपक्षी पार्टीका सदस्यहरू नै पीडित भएका समाचारहरू आइरहको छन् । निर्वाचनको दिनमा सुरक्षा व्यवस्थाको विषयमा पनि मिलरले प्रमुख आयुक्तलाई प्रश्न गर्नुभएको बताइएको छ ।
अमेरिका र संयुक्त राष्ट्रसङ्घले बङ्गलादेशका प्रत्येक व्यक्तिलाई धाकधम्की या हिंसारहित एवम् स्वतन्त्र रुपमा मतदान गर्न आग्रह पनि आग्रह गर्नुभएको छ ।
उता जेलमा रहेकी विपक्षी नेत्री खालेदा जियाले वर्तमान सरकारले गराउन लागेको यस आमनिर्वाचन निष्पक्ष रुपमा सम्पन्न होला भन्नेमा आफ्नो विश्वास नरहेको बताउनुभएको छ ।
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत