लण्डन । २९३ औं पृथ्वी जयन्ती लण्डनमा पनि एक कार्यक्रमका साथ मनाइएको छ । संयुक्त राष्ट्रवादी नेपाली संगठन, बेलायतले आइतबार आयोजना गरेको पृथ्वी जयन्ती तथा राष्टिय एकता दिवस कार्यक्रममा बेलायतस्थित विभिन्न नेपाली संघसंस्था, राजनीतिक दलका प्रतिनिधिसंगै सर्वसाधारणको सहभागिता थियो । कार्यक्रमका सहभागीहरुले देशमा विखण्डनको जोखिम बढेको वर्तमान परिस्थितिमा राष्ट्र निर्माता पृथ्वीनाराण शाहको अनुसरण बढि सान्दर्भिक भएको धारणा राखे ।
संगठनका अध्यक्ष भरत क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रमका सहभागीहरुलाई उत्तम खड्काले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रमका प्रमुख अतिथी बुद्धिजिवी डा. राघवप्रसाद धिताल (ओविइ) ले संघीयताको नाममा देश टुक्रिने खतरा बढिरहंदा राष्ट्र एकिकरण गर्ने पृथ्वीनारायण शाहको एकताको सन्देश अझै सान्दर्भिक बनेको बताए । एनआरएनए यूके अध्यक्ष महेन्द्र कंडेलले राष्ट्रिय एकताका नायकलाई राजनीतिक विवादमा मुछ्न नहुने धारणा व्यक्त गरे । राष्ट्रवादी संगठनका अध्यक्ष क्षेत्रीले नेपालको नयां बन्ने संविधानमा पृथ्वी जयन्तीलाई एकता दिवसको रुपमा समावेस गर्न माग गरे ।
कार्यक्रममा कांग्रेसका विज्ञान प्रसाईं, राप्रपा नेपालका रोशन सापकोटा, व्यवसायी तथा समाजसेवी ध्रुव केसी, नेपाली साहित्य विकास परिषद, बेलायतका अध्यक्ष सुरेशजंग शाह, हार्ट फाउण्डेसन यूकेका अध्यक्ष विकलचन्द्र आचार्य लगायतले जात, धर्म र क्षेत्रका नाममा देश विभाजन भइरहेको अहिलेको सन्दर्भमा पृथ्वीनारायण शाहको एकताको सन्देश मनन गर्न आवश्यक रहेको बताए । त्यस अवसरमा वसन्त शाह, एभरेष्ट गौतम, उमेश मोक्तान, बाचस्पति रेग्मी लगायतका एक दर्जन वक्ताले पनि पृथ्वीनारायणलाई आधुनिक राष्ट्र निर्माताका रुपमा राज्यबाट पनि सम्मानको खांचो रहेको औंल्याए ।
कार्यक्रममा सहभागीहरुले पृथ्वी नारायणको तस्विरमा माल्यापर्ण गरेका थिए । कार्यक्रमको सञ्चालन नारायण अधिकारीले गरेका थिए ।
संगठनले पृथ्वी जयन्तीको अवसरमा सन् २०१० देखि हरेक वर्ष लण्डनमा कार्यक्रम गर्दै आएको छ । विगतका वर्षहरुमा भन्दा यस वर्षको कार्यक्रममा बेलायतबासी नेपालीको सहभागिता र चासो निकै बढेको कतिपयको बुझाइ छ ।
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं