एडेन, यमन, ७ पुस – यमनी युद्धविरामको अनुगमनका लागि खटाइएको संयुक्त राष्ट्रसंघीय प्रतिनिधिमण्डल शनिबार यमनको युद्धविराम क्षेत्र होडेडा आइपुगेको राष्ट्रसंघलाई उद्धृत गरी एएफपी सम्वाददाताले जनाएका छन् ।
होडेडाका लागि भएको युद्धबिराम सम्झौताको सबै पक्षले पूर्ण कार्यान्वयन गर्नेमा राष्ट्रसङ्घ, सुरक्षा परिषद्ले विश्वास व्यक्त गरेको छ । राष्ट्रसङ्घको प्रस्तावमा युद्धबिरामको अनुगमन शुरु गर्न नेदरल्यान्डका अवकाशप्राप्त वरिष्ठ सैनिक अधिकृत जनरल प्याट्रिक क्यामार्टको नेतृत्वमा एक टोली पठाएको छ ।
साउदी अरेबियाले राष्ट्रसङ्घको प्रस्तावको स्वागत गरेको छ । युद्धबिरामले हुथी विद्रोहीले युद्धको तयारीका लागि स्रोतसाधन जुटाउने सम्भावना घटाएको साउदी सरकारका लागि राष्ट्रसङ्घमा उप–स्थायी प्रतिनिधि खालिद मन्जलावीले बताउनुभयो । उहाँले कुवेत र साउदी अरबका सहयोगी राष्ट्रको निरन्तरको प्रयास सफल भएको पनि बताउनुभयो ।
राष्ट्रसङ्घ प्रतिनिधि क्यामर्टको समूहले एडेनमा विश्व समुदायबाट मान्यताप्राप्त सरकारका नेताहरूलाई भेटी आइतबार विद्रोही नियन्त्रित राजधानी साना हुँदै युद्धविराम क्षेत्रमा पुग्नेछ ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल