ग्याटविक, बेलायत, ७ पुस – बेलायतको लन्डनस्थित व्यस्त ग्याटविक बिमानस्थलमा मानवरहीत यन्त्र (ड्रोन) उडाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इसाईहरुको ठूलो पर्व क्रिसमसको पूर्वसन्ध्यामा छुट्टी मनाउन हिँडेका लाखौं यात्रु ड्रोनका कारण बिमानस्थल बन्द गरिएपछि बिमानस्थलमै अलपत्र परेका थिए ।
ग्याटविक बिमानस्थल तीन दिनसम्म बन्द भएका कारण झण्डै एक लाख २० हजार यात्रु अलपत्र परेका थिए । बुधबार बेलायतको दोस्रो सबैभन्दा व्यस्त क्याटविक बिमानस्थलको आकाशमा ड्रोनहरु देखा परेका थिए । प्रहरीले उक्त घटनालाई आपराधिक कार्य भन्दै ड्रोन उडाउने व्यक्तिको खोजी तिब्र बनाएको थियो ।
प्रहरी अधिकृत जेम्स कोलिसले ड्रोनको आपराधिक प्रयोगको अभियोगमा दुई व्यक्तिलाई ससेक्स प्रहरीले पक्राउ गरेको जानकारी दिनुभयो । आगामी दिनमा पनि थप ड्रोन आक्रमणका घटना हुनसक्ने भन्दै प्रहरीले सूचना प्राप्त गर्न सबै विकल्पहरु खुला राखेको उहाँले बताउनुभयो ।
प्रहरीले लन्डनको दक्षिणतर्फ कुनै ड्रोन उडेको देखिए खबर गर्न आम सर्वसाधारणलाई अनुरोध पनि गरेको छ । शुक्रबार बिमानस्थल खुला गरिए पनि अर्को ड्रोन देखिएसँगै केही समय बिमानस्थल पुनः बन्द गरिएको थियो । ससेक्स प्रहरीले रहस्यमयी ड्रोन सञ्चालकको खोजी गर्न प्रहरी अधिकारीहरुले विभिन्न उपाय अबलम्बन गरिसकेको जनाएको छ ।
तिब्र गतिमा हुने बिमानमा ड्रोन ठोक्किए त्यसले अकल्पनीय क्षति पुग्न सक्छ ।
अधिकारीहरुले छुट्टी मनाउने सिलसिलामा बिमान सेवा प्रयोग गर्ने यात्रुहरुलाई बिमानस्थल जानुअघि हवाई सेवाको पछिल्लो अवस्था बुझ्न आग्रह गरेका छन् ।
ग्याटविक बिमानस्थलका प्रवक्ताले शुक्रबार बिहानका लागि निर्धारित ४१२ वटा बिमान आगमनमध्ये ९१ वटा रद्द गरिएको तथा ३७१ मध्ये ६४ वटा प्रस्थान उडान रद्द गरिएको जानकारी दिनुभयो ।
बिहीबार ड्रोनका खतरा रोक्न सेनाको समेत सहयोग लिइएको थियो । रक्षा मन्त्रालयले ड्रोन पत्ता लगाउने विशिष्ट उपकरण सहितको सैनिक टोली परिचालन गरिएको जनाएको छ ।
ग्याटविक बिमानस्थलको समस्याका बारेमा सरकारी अधिकारीहरुको आपतकालीन बैठक समेत बसेको छ ।
बेलायतको कानुन अनुसार ड्रोनहरु बिमानहरुको नजिक वा बिमानस्थलको एक किलोमिटरभित्र वा ४०० फिटभन्दा माथि उडाउन पाइन्न । कानुनको उल्लङ्घन गर्नेमाथि पाँच वर्षसम्मको जेल सजाय हुन सक्छ ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?