संसारमा सबैभन्दा बढी बाच्ने (८६.४ बर्ष) जापानका महिलाहरुको जीबनशैली र खाना महत्वपूर्ण कुरा भएको अनुसन्धानले बताएको छ । हालै गरिएको नयाँ अध्ययनले जापानी महिलाहरु दीर्घायु हुनुको मुख्य कारण उनीहरुले खाने अन्नहरू, माछा, फलफुल र सब्जी अनि ग्रिन टीलाई दिइएको छ ।
परम्परागत जापानी खानामा कम क्यालोरीका परिकारहरु ठिकैको परिणाममा हुन्छ । औसत जापानीहरु पश्चिमी देशका मानिसहरु भन्दा करिब २५ प्रतिसत कम क्यालोरी खान्छन् ।
प्राय जापानीहरु हप्तामा तीन पोर्सन माछा (१ पोर्सन=१४० ग्राम), धेरै चोकरयुक्त होलग्रेन अन्नहरू, प्रसस्त सब्जिहरु, सोयाका परिकारहरु जस्तै टोफु, कोन्बू, सी वीडको साथसाथै टोउरिनले भरिपूर्ण स्कुइड, अक्टोपस खान्छन जसले कोलेस्ट्रोल र रक्तचाप कम गर्न सक्छ ।
त्यस्तै गरि स्वस्थकर जीवनको लागि मेडीटेरियन खानालाई पनि राम्रो मानिएको छ । सन् २०१३ मा गरिएको अध्ययनले जो मानिसहरु मेडीटेरियन खाना खाने गर्छन, उनीहरुलाई मुटुरोग र स्ट्रोक हुने जोखिम ३० % ले कम भएको पत्ता लगाएको छ ।
मेडीटेरियन खाना भन्नाले मेडीटेरियन समुन्द्रमा पर्ने देशहरु जस्तै इटाली, फ्रान्स, ग्रीस, स्पेनका मानिसहरुले खाने स्वास्थ्यकर खाने बानिलाई जनाउछ । मेडीटेरियन क्युजिनको परिभाषा ठाउहरु हेरी फरक हुन्छन् तर मुख्यतया फलफुल, सब्जी, नट्स, कोसे तरकारी, अन्नहरू, ओलिभ तेल र माछा पर्दछ ।
यी जापानी र मेडीटेरियन दुवै प्रकारका खानामा धेरै समानता छन् । यी खाना स्वस्थ्यकर हुनाको प्रमुख कारणमा निम्न तत्वहरु रहेका छन् :
फाइबर
स्वास्थ्य र सन्तुलित आहारको लागि फाइबर महत्वपूर्ण भाग हो । यसले मुटुरोग, मधुमेह, वजन बढ्ने, केहि क्यान्सरबाट बचाउन मद्दत गर्न सक्छ । यसले पाचन स्वास्थ्य सुधार्न पनि सक्छ । बच्चाहरुले करिब २० ग्राम र प्रौढले घटीमा ३० ग्राम दिनमा फाइबर खाने सल्लाह दिइन्छ । फाइबर बनस्पतिबाट पाइने खानामा मात्र पाइन्छ । मासु,माछा, दुध आदिमा फाइबर पाइदैन ।
सोलुबल र इन सोलुबल गरि फाइबरको दुई प्रकार हुन । यी दुवै किसिमको फाइबरले शरीरलाई फाइदा गर्दछ । त्यसैले सधै खानामा यी दुवै फाइबर खानु पर्दछ । होलग्रेन अन्नहरू तथा प्रसस्त मात्रामा फलफुल र सब्जी खाएमा फाइबरको मात्रा पुग्छ ।
सोलुबल फाइबर शरीरले पचाउछ । यसले रगतमा हुने कोलेस्ट्रोल कम गर्न सहयोग गर्न सक्छ र यसका मुख्य श्रोतहरु फापर, जौ, गाजर, आलु, केरा, स्याउ, कोसे तरकारी आदि हुन् र कब्जियत हुने समस्यालाई फाइबरले धेरै फाइदा गर्दछ ।
इनसोलुबल फाइबर शरीरले पचाउदैन । त्यसैले आन्द्रा साथै पाचन प्रक्रियालाई सफा गरी दिसाको रुपमा बाहिर निस्कन्छ । यसले अर्को काम आन्द्रा, पेटको साथै पाचनक्रियामा खानालाई सजिलो संग पठाउछ । त्यसैले यदि डायरिया भएको छ भने फाइबर कम खानु पर्छ । चपाती आटा, नछिल्किएको चामल (ब्राउन राइस), नट्स र बियाहरु पर्दछन् ।
फाइबरयुक्त खानाले पेट धेरै बेरसम्म भरिने हुन्छ । यसले नितम्बको क्यान्सरबाट बचाउन सक्छ । फाइबरको साथै प्रसस्त मात्रामा तरल पेय पिउनु पर्छ । दिनमा घटीमा १.२ लिटर पेय हुनुपर्दछ । मौसम र ब्यायाम गरे अनुसार पेय बढाउनु पर्दछ ।
ओमेगा–३
ओमेगा-३ बर्गको चिल्लो स्वास्थ्यको लागि महत्वपूर्ण हुन्छ | ओमेगा-३ को चिल्लो बिभिन्न रुपमा पाउन सकिन्छ :
• ए एल ए (अल्फा लिनोलेनिक एसिड): यो चिल्लो शरीरले बनाउन सक्दैन, त्यसैले खानाबाट आउनुपर्छ । अरु ओमेगा-३ चिल्लोहरु बनाउन यसले महत्वपूर्ण काम गर्छ । यसको मुख्य श्रोतहरु सुद्द तोरीको तेल, बनस्पति तेल, आलस तेल, ओखर , हाडे बदम हरियो पात भएको सब्जिहरु आदि हुन् ।
• इ पि ए (एईको सापेंटाईनोइक एसिड) र डी एच ए (डोको साहेक्षेइनोइक एसिड ): हाम्रो शरीरमा ए एल ए द्वारा बनाइने लामो शिलशिलाको यो चिल्लोले हाम्रो शरीरमा अधिक फाइदा पाइन्छ । तेलयुक्त माछाहरु जस्तै साल्मन, ट्राउट , म्याक्यारेल, सार्डीन यसको मुख्य श्रोत हो । त्यसैले तेलयुक्त माछालाई नियमित खानामा सामेल गर्नुपर्छ ।
मेडीटेरीयन, जापान र ग्रिनल्याण्ड, आइसल्याण्डका मानिसहरुले ओमेगा-३ ले भरिपूर्ण माछाहरु खाने हुनाले उनीहरुलाई मुटुरोग लाग्ने सम्भावना अरु पश्चिमी देशहरु जस्तै बेलायत, अमेरिका भन्दा निकै नै कम देखिएको छ । आइसल्याण्डका लोग्नेमानिसहरु विश्वमा सबैभन्दा बढी बाच्छन । उनीहरुको औसत उमेर ८०.८ बर्ष हो ।
ओमेगा-३ को खानाबाट धेरै किसिमको स्वास्थ्यमा फाइदा हुने हुनाले ओमेगा-३ हुने खानाहरु खान सुझाब दिइन्छ । यी खानाहरु भिटामिन मिनरलहरु जस्तै आयोडिन, क्याल्सियम र सेलेनियमका स्रोतहरु हुन् । अन्य पोषणका तत्वहरुमा भिटामिन ए र डी अनि प्रोटिन पाइन्छ । ओमेगा-३ को चिल्लोले गर्भवती महिला तथा स्तनपान गर्ने बच्चाको स्वस्थ्य बिकास हुन मद्दत गर्दछ । यसले सम्झना शक्ति कायम राख्नको साथै डिप्रेसनको उपचारमा पनि सहयोग गर्न सक्छ ।
एन्टीअक्सिडेन्ट
एन्टीअक्सिडेन्ट भनेको एउटा मोलिक्युल हो जसले हाम्रो शरीरमा हुने इलेक्ट्रोनहरुको नोक्सानलाई रोक्छ । एन्टीअक्सिडेन्टमा धेरै किसिमका पोषणका तत्वहरु पाइन्छ । ती मध्ये भिटामिन सी, भिटामिन इ र बेटा कारोटेन मुख्य हुन् । यसका मुख्य श्रोतहरु विभिन्न किसिमका फलफुल, सागपात र तरकारीहरू, होलग्रेन अन्नहरू, सुर्यमुखी तेल आदि हुन् ।
ग्रिन टीमा फ्लाभोनोइड्स, कटेचिन्स जस्ता एन्टीअक्सिडेन्ट पाइन्छन । ग्रिन टीको नियमित सेवनले स्वास्थ्यमा अनेक फाइदा हुन्छ । जापान, चीनतिर ग्रिन टीलाई औषधिको रुपमा धेरै शताब्दी पहिले देखिनै पिउदै आइएको छ ।
रातो अंगुरमा स्वास्थ्यबर्धक धेरै एन्टीअक्सिडेन्ट जस्तै क्येर्सेटिन र रेस्भेराट्रोल पाइन्छ । यसले मुटु र क्यान्सरबाट बचाउन मद्दत गर्न सक्छ । यसकोलागि वाइन नै पिउनु पर्छ भन्ने छैन, अंगुरको जुस या अंगुर खानु नै पर्याप्त हुन्छ । बास्तबमा पुरुष ४० बर्षभन्दा माथि र महिलाको महिनावारी रोकिएपछि थोरै मात्राको वाइन सेवनले मुटुरोग लाई फाइदा हुने पाइएको छ । ब्रिटिश मुटुरोग संघले दिनमा दुइ युनिट अल्कोहल भन्दा बढी पिउने सल्लाह कसैलाई पनि दिदैन । एक युनिटमा बियर ३३० एमएल, ह्विस्की २५ एमएल र वाइन १२५ एमएल मानिन्छ।
धेरै मदिरा सेवनले उच्च रक्तचाप, स्ट्रोक हुने जोखिम धेरै बढ्छ । यसले अस्वस्थ्यकर क्रियाकलाप लाई उक्साहित गर्दछ । मदिराले कलेजो रोग, हड्डी पातलो हुने रोग, स्नायु र मांशपेशीको नोक्सान, डिप्रेसन लगायत दुर्घटना हुने जोखिम प्रबल रुपले बढाउछ ।
जो मानिसहरु दिनमा ५ युनिटभन्दा बढी मदिरा सेवन गर्छन, उनीहरुलाई क्यान्सर हुने सम्भावाना पनि धेरै रहन्छ ।
पोटासियम र अरु भिटामिनहरु
स्वस्थकर र सन्तुलित आहारले हाम्रो स्वास्थ्यमा ठुलो प्रभाब पार्दछ । जापानी र मेडीटेरियनका मानिसहरुको भोजनले शरीरलाई चाहिने मिनरल र भिटामिन पाइन्छ । यस किसिमको खानामा जनाबारबाट पाइने चिल्लो (स्याचुरेटेट फ्याट) कम हुन्छ । स्याचुरेटेट फ्याटले कोलेस्ट्रोल बढाउन महत्वपूर्ण भूमिका खेल्दछ जुन मुटुरोगको प्रमुख जोखिम हो । क्रियाशील जीबन, धुमपान त्याग्नु, चिन्ताको ब्यबस्थापन, उच्च रक्तचाप, कोलेस्ट्रोल र मधुमेयको नियन्त्रण, पातलो शरीर, स्वास्थ्यकर खाना, दिनको आधि घन्टाको ब्यायाम आदिले कोरोनरी मुटुरोग बाट बच्न या साबधान हुन महत्वपूर्ण भूमिका खेल्दछ ।
बढी फलफुल र सब्जी खानाले पोटासियम भन्ने रसायन पाइन्छ जसले रक्तचाप कम गर्दछ । आफ्नो करेसाबारीमा तरकारी उब्जाउने तरिका अबलम्बन गर्नु बान्छनीय हुन्छ ।
साग सब्जी खेतीले एक त शारीरिक क्रियाकलाप बढ्ने अर्को ताजा तरकारीको रसोस्वदन गर्न पाइन्छ । बारी नहुनेले गमलामा राखेर तरकारी फलाएको उदाहरण पनि प्रसस्त छ । जागरलाई प्रोत्साहन गरे लाभ हुन्छ ।
तपाइँ मेडीटेरियन तथा जापानिज खाना खान सक्नुहुन्छ ।
तलको कुरालाई ध्यान दिऔ :
• स्ट्राची खानाहरु जस्तै चपाती आटा, जौ, फापर, नफलेको चामल जस्ता होलग्रेन अन्नहरू खाऔ ।
• बिभिन्न किसिमका फलफुल र सब्जी प्रसस्त खाउं ।
• मासु कम खाऔ, यसको बदलामा केहि माछा, गेडागुडी खाउं ।
• क्याल्सियम र प्रोटिनको लागि कम चिल्लो भएको दुध र यसका परिकारहरु थोरै मात्रामा खाउं ।
• चिल्लो छान्दामा सुद्ध तोरीको तेल, सूर्यमुखी तेल, ओलिभको तेल खाउं । कोठाको तापक्रममा जम्ने चिल्लो जस्तै बोसो, घिउ, डाल्टा घिउ आदि स्वस्थकर नहुने कुरा मनन गरौं ।
(आचार्य कोरोनरी मुटु रोग २०१० पुस्तकका लेखक हुन् )
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा