
महिन्दा राजापाक्षे (बीचमा) आफ्नो विवादास्पद प्रधानमन्त्री नियुक्तिबाट बाहिरिने तयारीमा । तस्विर एएफपी
कोलम्बो, २८ मङ्सिर – श्रीलङ्काका शसक्त नेता महिन्दा राजापाक्षे पछाडी हट्ने संकेत देखिएको छ । उहाँले प्रधानमन्त्रीको पदमा बसिरहदा विवाद देखिएकाले त्यसबाट बाहिरिने तयारी गरेको राजापाक्षेका छोराले शुक्रबार बताएका छन् ।
राजापाक्षेको यो तयारीसँगै श्रीलङ्कामा जारी सात हप्ता लामो शक्ति संघर्षको अन्त्य हुने अपेक्षा गरिएको अधिकारीहरुले बताएका छन् ।
राजापाक्षेका छोरा नामलले शनिबार राजापाक्षेले पद त्याग गर्ने संकेत गरे । “उहाँले देशको स्थायित्वका लागि यस्तो गर्न लाग्नु भएको हो,” नामलले भनेका छन् ।
श्रीलङ्काको सर्वोच्च अदालतले संसद विघटन गर्ने राष्ट्रपति मैत्रीपाला सिरिसेनाको निर्णय अवैधानिक रहेको फैसला गरेको भोलिपल्ट राजापाक्षे पुत्रको यस्तो भनाई आएको हो ।
राजापाक्षे पुत्रको भनाइले प्रधानमन्त्रीका रुपमा राजापाक्षेले अव कुनै अभ्यास र काम नगर्ने सङ्केत गरिसकेको छ । उहाँले सर्वोच्च अदालतको आदेशको विरुद्धमा उभिने अवस्था नरहेको निष्कर्ष निकालेको विश्लेषण गरिएको छ ।
सर्वोच्च अदालतका सात जना न्यायाधीशको संयुक्त इजलासले सर्वसम्मतरूपमा राष्ट्रपतिको संसद् विघटन गर्ने निर्णय गलत भएको ठहर गरेको थियो ।
अदालतले संसद् विघटन गरेर राष्ट्रपति सिरिसेनाले संविधान उलङ्घन गरेको निष्कर्ष पनि निकालेको अधिकारीहरुले जानकारी दिएका थिए ।
राष्ट्रपति सिरिसेनाले अघिल्लो महिना संसद् विघटनको घोषणा गर्दै निर्वाचनको मिति तोकेपछि त्यस विरुद्ध मुद्धा परेको थियो ।
त्यस मुद्दामा प्रारम्भिक सुनुवाई गर्दै अदालतले यसअघि कुनै प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश दिएको थियो । संसद्को समयावधि झण्डै दुई वर्ष बाँकी छँदै उहाँले निर्वाचनको घोषणा गर्नुभएको थियो ।
राष्ट्रपति सिरिसेनाले तत्कालीन प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अपदस्थ गर्दै पूर्वराष्ट्रपति राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि श्रीलङ्कामा राजनीतिक सङ्कट शुरु भएको हो ।
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
सहाराले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
हिटलरको घर अब प्रहरी चौकी
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव