लन्डन । भूपू खेलाडी मञ्च पोखराले फागुन ७ गते पोखरामा गर्न लागेको ‘१३ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ सहयोगार्थ बेलायतमा च्यारिटी हुने भएको छ ।
१४ डिसेम्बर, शुक्रबार सांझ एम्पायर हलमा च्यारिटी गर्न लागिएको हो । यो वर्षदेखि म्याराथनको इन्टरनेशनल पार्टनर बनेको पोखरेली मञ्च यूकेले च्यारिटी डिनर गर्दैछ ।
च्यारिटीका विषयमा छलफल गर्न मञ्चको अन्तिम तयारी बैठक शुक्रबार गोर्खा प्यालेस रेष्टुरेन्टमा सम्पन्न भएको छ । बैठकमा मञ्चका अध्यक्ष मानप्रसाद गुरुङ, इभेन्ट संयोजक तथा संस्थाका कोषाध्यक्ष कमल गुरुङ, संस्थापक अध्यक्ष सिबी पुन, सल्लाहकाहरु महेश गुरुङ, सूर्य गुरुङ, दिलरास गुरुङ, उपाध्यक्ष परम गुरुङ, सदस्य हरिमाया गुरुङ, पत्रकार बाचस्पति रेग्मी लगायत सहभागी थिए ।
कार्यक्रम संयोजक कमल गुरुङले च्यारिटीको सबै तयारी पुरा भएको जानकारी दिए । च्यारिटी डिनरमा गायक गायिकाहरु रविन श्रेष्ठ, शर्मिला बर्देवा, आंचल लामा, सितल पुन, देब गुरुङ, श्री गुरुङ लगायतले लाइभ गीत संगीत प्रस्तुत गर्ने कार्यक्रम छ ।
बैठकमा म्याराथन तयारी बुझेर हालै बेलायत फर्किएका अध्यक्ष मानप्रसाद गुरुङले विभिन्न ‘अपडेट’ गराएका थिए । अध्यक्ष गुरुङले बेलायत बस्ने समस्त पोखरेली र अन्य खेलप्रेमीलाई च्यारिटीमा सहभागी भएर वा आर्थिक सहयोग गरेर म्याराथन सफल बनाइदिन अपिल गरेका छन् । नेपाल भ्रमणमा मञ्चका महासचिव मोहन थापा पनि सामेल थिए ।
बैठकमा पोखरेली मञ्च यूकेले भविष्यमा पोखरा म्याराथनको विजेतालाई बेलायतको कुनै म्याराथनसंग जोड्ने योजनाबारे छलफल भएको थियो । गत वर्ष उक्त म्याराथनमा करिब २५ सय जनाले भाग लिएका थिए । यसपटक दौडमा भाग लिन बेलायतबाट पनि केही व्यक्ति जांदैछन् ।
म्याराथन आयोजक भूपू खेलाडी मञ्च पोखराले वर्षेनी म्याराथन आयोजना गर्दै आएको छ । स्पोर्टस टुरिजम प्रवर्धन गर्न म्याराथनले सहयोग गर्ने आयोजकको विश्वास छ । मञ्चले नै विगतमा पोखरा रंगशाला निर्माण गर्न पहल गरेको थियो ।
करिब २२ लाख खर्च हुने अनुमान गरिएको उक्त म्याराथनलाई पोखरा महानगरपालिकाले पनि आर्थिक सहयोग गरेको छ । बेलायतसहित अन्य देशबाट पनि उक्त म्याराथनलाई सहयोग गर्ने क्रम जारी छ । सन् २०१० मा एनआरएनए ग्लोबलले म्याराथनलाई सहयोग गरेको थियो । ‘दौडौं स्वास्थ्यको लागि, दौडौं पोखराको लागि’ भन्ने मुल नारा म्याराथनको छ ।
३०० वर्ष पुरानो भायलिन प्रदर्शन हुँदै बेलायतको सङ्गीत महोत्सवमा
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
नेपालमा प्राणघातक रोग रुबेला उन्मूलन भएको विश्व स्वास्थ्य सङ्गठनको घोषणा
बेलायतमा मनाइयो ‘लन्डन इन्द्र जात्रा’
र्यापमा रमाउँदै नयाँ पुस्ता : ‘र्यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ’
बीसीसी यूकेले गर्यो कुलमान घिसिङलाई स्वागत तथा सम्मान
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
एनआरएनए यूकेका दुई समूहले गरे कुलमान घिसिङसँग छुट्टाछुट्टै ‘मिट एन्ड ग्रिट’कार्यक्रम
एक लाख १० हजार धरौटीमा छुटे चक्रे मिलन
बेलायती सांसद एलेक्स बेकरसँग कुमाल घिसिङको भेटवार्ता