लन्डन । भूपू खेलाडी मञ्च पोखराले फागुन ७ गते पोखरामा गर्न लागेको ‘१३ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ सहयोगार्थ बेलायतमा च्यारिटी हुने भएको छ ।
१४ डिसेम्बर, शुक्रबार सांझ एम्पायर हलमा च्यारिटी गर्न लागिएको हो । यो वर्षदेखि म्याराथनको इन्टरनेशनल पार्टनर बनेको पोखरेली मञ्च यूकेले च्यारिटी डिनर गर्दैछ ।
च्यारिटीका विषयमा छलफल गर्न मञ्चको अन्तिम तयारी बैठक शुक्रबार गोर्खा प्यालेस रेष्टुरेन्टमा सम्पन्न भएको छ । बैठकमा मञ्चका अध्यक्ष मानप्रसाद गुरुङ, इभेन्ट संयोजक तथा संस्थाका कोषाध्यक्ष कमल गुरुङ, संस्थापक अध्यक्ष सिबी पुन, सल्लाहकाहरु महेश गुरुङ, सूर्य गुरुङ, दिलरास गुरुङ, उपाध्यक्ष परम गुरुङ, सदस्य हरिमाया गुरुङ, पत्रकार बाचस्पति रेग्मी लगायत सहभागी थिए ।
कार्यक्रम संयोजक कमल गुरुङले च्यारिटीको सबै तयारी पुरा भएको जानकारी दिए । च्यारिटी डिनरमा गायक गायिकाहरु रविन श्रेष्ठ, शर्मिला बर्देवा, आंचल लामा, सितल पुन, देब गुरुङ, श्री गुरुङ लगायतले लाइभ गीत संगीत प्रस्तुत गर्ने कार्यक्रम छ ।
बैठकमा म्याराथन तयारी बुझेर हालै बेलायत फर्किएका अध्यक्ष मानप्रसाद गुरुङले विभिन्न ‘अपडेट’ गराएका थिए । अध्यक्ष गुरुङले बेलायत बस्ने समस्त पोखरेली र अन्य खेलप्रेमीलाई च्यारिटीमा सहभागी भएर वा आर्थिक सहयोग गरेर म्याराथन सफल बनाइदिन अपिल गरेका छन् । नेपाल भ्रमणमा मञ्चका महासचिव मोहन थापा पनि सामेल थिए ।
बैठकमा पोखरेली मञ्च यूकेले भविष्यमा पोखरा म्याराथनको विजेतालाई बेलायतको कुनै म्याराथनसंग जोड्ने योजनाबारे छलफल भएको थियो । गत वर्ष उक्त म्याराथनमा करिब २५ सय जनाले भाग लिएका थिए । यसपटक दौडमा भाग लिन बेलायतबाट पनि केही व्यक्ति जांदैछन् ।
म्याराथन आयोजक भूपू खेलाडी मञ्च पोखराले वर्षेनी म्याराथन आयोजना गर्दै आएको छ । स्पोर्टस टुरिजम प्रवर्धन गर्न म्याराथनले सहयोग गर्ने आयोजकको विश्वास छ । मञ्चले नै विगतमा पोखरा रंगशाला निर्माण गर्न पहल गरेको थियो ।
करिब २२ लाख खर्च हुने अनुमान गरिएको उक्त म्याराथनलाई पोखरा महानगरपालिकाले पनि आर्थिक सहयोग गरेको छ । बेलायतसहित अन्य देशबाट पनि उक्त म्याराथनलाई सहयोग गर्ने क्रम जारी छ । सन् २०१० मा एनआरएनए ग्लोबलले म्याराथनलाई सहयोग गरेको थियो । ‘दौडौं स्वास्थ्यको लागि, दौडौं पोखराको लागि’ भन्ने मुल नारा म्याराथनको छ ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह