लन्डन । तमु समाज युकेले सदा झैं यस वर्ष पनि आगामी डिसेम्बर २९ तारिख तमु (गुरुङ) हरुको मौलिक, सांस्कृतिक एवं ऐतिहासिक महान पर्व ‘फो ल्होछार/ल्होसार’ धुमधामसंग मनाउने भएको छ ।
बेलायतमा छरिएर रहेका तमु (गुरुङ) जातिको आफ्नो मौलिक पहिचान, भेषभूषा, भाषा, संस्कार संस्कृति तथा परम्परा बचाई राख्ने उद्देश्यसहित समाजले यो पटक पनि खी-ल्हो (कुकुर वर्ग) लाई विदाई र फो-ल्हो (मृग वर्ग) लाई स्वागत गर्दै रात्री भोज, शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हो ।
ल्होछार/ल्होसार सफल बनाउन गत २५ नोभेम्बर २०१८ मा तमु समाज युकेको आफ्नै भवनमा बसेको बैठकले विभिन्न जिम्मेवारी बांडफांड गरेको छ ।
बैठकमा संस्थाका संयोजक कमल गुरुङ र केदार गुरुङले सबै संयोजन गर्ने, कल्चरल सेक्रेटरी सरु गुरुङ र आमा समूहकी अध्यक्ष बिन्दु घलेले कल्चरल डान्सको तयारी गर्ने, खाना ब्यवस्थापन हरिमान गुरुङले गर्ने र स्टेज सजावट पूर्व अध्यक्ष शिवशरण गुरुङको निर्देशनमा गर्ने जिम्मेवारी दिइयो ।
त्यसैगरि, निवर्तमान अध्यक्ष अर्जुन गुरुङले सर्टिफिकेट र अरु प्रिन्ट गर्ने, उपाध्यक्ष शिव कुमारले भिआइपी सिटिङ प्लान गर्ने र आमा समूहकी अध्यक्ष बिन्दु घलेले अतिथिहरुको स्वागत र हेरविचार गर्ने जिम्मा दिइएको छ । कोषाध्यक्ष याम गुरुङ र सह कोषाध्यक्षले आर्थिक पाटो र टिकेटमा बस्ने, सेक्युरिटी र फोटोग्राफीमा ओमकार गुरुङ र टेक गुरुङ तथा भिडियोमा विषन गुरुङलाई जिम्मा दिने, सेक्रेटरी बुद्धि गुरुङले सेक्युरिटी टिम मिलाउने, उपाध्यक्ष कन्याप्रसाद गुरुङले अतिथिहरुलाई आतिथ्य र खाना/पेयपदार्थ बन्दोवस्त गर्ने साथै अध्यक्ष शिव चन्द्र गुरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले सबै ठाउंमा हेर्ने र विपहरुको रिसेप्सन हेर्ने जिम्मेवारी बांडिएको छ ।
कल्चरल सेक्रेटरी एवं पहिलो गुरुङ फिल्म ‘पाते’ की नायिका सरु गुरुङ र आमा समूहकी अध्यक्ष बिन्दु घलेलाई कल्चरल डान्स तथा कलाकारहरुको संयोजन गर्न बैठकले जिम्मा दिएको छ । यसपटकको फो ल्होसारमा नेपालबाट आउने राष्ट्रिय कलाकार साथै स्थानीय कलाकारको पनि प्रस्तुति हुने समाजले जनाएको छ ।
समाजका अध्यक्ष शिव चन्द्र गुरुङको अध्यक्षतामा महासचिव हर्क गुरुङले सञ्चालन गरेको उक्त बैठकमा कोषाध्यक्ष यम गुरुङले आर्थिक विवरण प्रस्तुत गरेका थिए । बैठकमा संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, निवर्तमान उपाध्यक्ष मिम र उपाध्यक्ष बिजु गुरुङ, समाज घरका म्यानेजर बाबुराम गुरुङ, यम गुरुङ र इमान घले, सल्लाहकार सुवसिं गुरुङको पनि उपस्थित थियो ।
अन्तमा उपाध्यक्ष कन्याप्रसादले प्रवन्ध गरेको खानापछि बैठक समापन भएको थियो ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह