लन्डन । नेपालमा कार्यरत स्पेनिस समाजसेवी आइना बार्काको संस्थालाई बेलायतबाट ८ लाख रुपैयां सहयोग प्रदान गरिएको छ । हेटौंडामा ‘आशा विशेष पाठशाला तथा पुनस्थापना केन्द्र’ स्थापना गरि ३८ अपांग बालबालिकाको पालन पोषण गरिरहेकी बार्कालाई आइतबार एक कार्यक्रमबीच सहयोग प्रदान गरिएको हो । प्रमुख अतिथी एनआरएनए केन्द्रिय उपाध्यक्ष कुल आचार्य र एनआरएनए संस्थापक सचिव चिरन्जिवी ढकालले उक्त रकमको चेक बार्कालाई हस्तान्तरण गरे ।
इष्टकोटस्थित हिमालयन मोनाल रेष्टुरेन्टमा आयोजित कार्यक्रममा उपाध्यक्ष आचार्यले स्पेनिस भएर पनि बार्काले नेपालका वौद्धिक अपांग बालबालिकाका लागि गरेको निस्वार्थ भावनाको खुलेर प्रशंसा गरे । उनले आइनाले नेपालमा शुरुताका भोगेका अप्ठेरो स्मरण गर्दै अहिले एनआरएन सञ्जालले पनि सहयोगका हात बढाएको बताए । आचार्यले सहयोगदाता सबैप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि सहयोगको प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा एनआरएनए संस्थापक सचिव चिरन्जिवी ढकाल, एनआरएनए यूके भाषा साहित्य विभाग संयोजक नारायण गाउंले, व्यवसायी काशीराज बोहोरा, डा. राजेन्द्र थापा, समिरनाथ प्याकुरेल, हिमाल प्रसाईं, बालकृष्ण भुषाल, नायक ध्रुव दत्त लगायतले आइनाको मानवीय सेवाको प्रशंसा गरे । कार्यक्रममा रकम जुटाउन सक्रिय भूमिका निर्वाह गरेका व्यवसायी कृष्ण तिवारीले व्यक्तिगत रुपमा चेक हस्तान्तरणको सट्टा कार्यक्रम गरि प्रदान गर्दा यसले अरुलाई पनि प्रेरित गर्ने प्रष्टयाए ।
बार्काको निस्वार्थ सेवाका लागि एनआरएनए यूके भाषा साहित्य विभाग, लक्ष्मी राई (लारा) लगायत चन्दा संकलनमा निरन्तर खटिएका थिए । भाषा साहित्य विभागको संयोजनमा राजकुमार त्रिपाठी, नारायण गाउँले, कृष्ण तिवारी र लक्ष्मी राई सम्मिलित एउटा सहयोग संकलन समिति बनेको थियो ।
कार्यक्रममा हिमालयन मोनालका सञ्चालक काशीनाथ बोहोराले बार्कालाई पुष्पगुच्छाले स्वागत गरेका थिए भने व्यवसायी कृष्ण तिवारीले बोहोरालाई साझेदारीमा नयां रेष्टुरेन्ट सञ्चालन गरेकामा वधाइसहित खादाले सम्मान गरे ।
उक्त कार्यक्रम प्रायोजन व्यवसायी राजन फुंयालले गरेका थिए । तस्विर- शिव भण्डारी
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा