लन्डन । बेलायत युरोपियन युनियन (ईयू) बाट बहिगर्मन सम्बन्धि सम्झौता ईयू नेताहरुले अनुमोदन गरेका छन् । ब्रसेल्समा आइतबार आयोजित शिखर सम्मेलनमा २७ देशका ईयू नेताले ३८ मिनेटभित्रै उक्त सम्झौता अनुमोदन गरेको अखवारहरुले जनाएका छन् ।
जनमत संग्रह भएको २८ महिनामा विभिन्न चरणका वार्तापछि सम्झौताले अन्तिम रुप लिएको हो । यूकेले ‘आर्टिकल ५०’ लागू गरेपछि बेलायत र ईयूबीच १८ महिनामा विभिन्न चरणका गम्भीर वार्ताहरु भएका थिए ।
युरोपेली संघ गठन गर्न गरिएको सन्धिको धारा ५० मा सदस्य मुलुकहरुले कस्तो अवस्थामा संघ त्याग्न सक्दछन् भन्ने उल्लेख छ । ब्रिटेनले मार्च २०१७ मा सोही धारा अनुसार आफू युरोपेली संघबाट बाहिरिन चाहेको सूचना संघलाई दिएको थियो ।
युरोपियन काउन्सिल अध्यक्ष डोनाल्ड टस्कले स्पेनले अन्तिम समयमा जिब्रलटार विषय छाडेपछि ब्रेक्जिट र बहिगर्मनपछि बेलायत ईयू भविष्य सम्बन्धि राजनीतिक सहमति अनुमोदन भएको घोषणा गरेका छन् । गत बिहीबारमात्र युरोपेली परिषद्ले ब्रेक्जिटपछि व्यापार, सुरक्षा लगायतका विषयहरुले कसरी काम गर्नेछन् भनी एउटा राजनीतिक घोषणामा सैद्धान्तिक सहमति भएको जनाएको थियो ।
ब्रेक्जिट सम्झौतालाई बेलायतको संसदले अनुमोदन गर्नुपर्नेछ तर यसप्रति धेरै सांसदले विरोध जनाएका छन् । डिसेम्बर दोश्रो साता ब्रिटिश सरकारले यो सम्झौता अनुमोदनकालागि संसद समक्ष प्रस्तुत गर्नुपर्नेछ । तर प्रमुख प्रतिपक्षी दल लेबर, लिब्डेम, स्कटिस नेशनल पार्टी, डियूपी र सत्तारुढ कन्जरभेटिभ पार्टीकै सांसदहरु सम्झौताविरुद्ध मत हाल्ने तयारीमा छन् ।
यदि संसदले उक्त सम्झौता अनुमोदन नगरे ‘नो डिल’ अर्थात् बिना सम्झौता ब्रिटेनबाट बाहिरिनु पर्ने, ईयूसंग फेरि सम्झौता गर्न प्रयास गरिने वा ब्रिटेनमा नयां चुनाव हुने सम्भावना रहेको विश्लेषकहरु बताउंछन् ।
ब्रिटेन युरोपेली संघबाट बाहिरिने सम्झौता (ब्रेक्जिट) को ५८५ पृष्ठ लामो दस्तावेज अनुसार ब्रिटेनले ईयू छाड्दा ३९ अर्ब पाउण्ड तिर्नुपर्ने, बेलायत र ईयू देशका नागरिकहरुको हक अधिकार सुनिश्चितता र भविष्यमा व्यापार सम्बन्धी वार्ता रोकिएपनि उत्तरी आयरल्याण्ड र आयरल्याण्ड बीचको सीमा नरोकिने कुरा उल्लेख छन् ।
बेलायतले आगामी २९ मार्च २०१९ मा ईयू छाड्ने तालिका छ ।
प्रधानमन्त्री टेरेजा मेले सर्वसाधारणका नाममा अपिल जारी गर्दै सम्झौतामा समर्थन गर्न र यो सबैभन्दा उचित एवं ब्रेक्जिट जनमत संग्रह परिणामको भावना अनुरुप भएको बताएकी छन् । ईयूले पनि ब्रिटिश सांसदहरुलाई पक्षमा मतदान गर्न आव्हान गर्दै यो डिलमात्र सम्भव हुने बताएको छ । ब्रसेल्समा शिखर सम्मेलनमा सहभागी हुने क्रममा ईयूका प्रमुख वार्ताकार मिसेल बार्नियरले सम्झौता अनुमोदन नभए त्यसले बेलायत ईयू भावी सम्बन्ध बिगार्न सक्ने चेतावनी दिएका छन् ।
इकान्तिपुर
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]