
लन्डन । ग्रेटर रसमोर नेपलिज कम्युनिटी (जीआरएनसी) ले आगामी मार्च, २०२१ मा हुने बेलायतको जनगणना गर्दा भरिने फाराममा ‘अदर एसियन’ को सट्टा ‘नेपाली’ राखिनुपर्ने माग लिएर टेन डाउनिङ स्ट्रिट जाने भएको छ ।
अघिल्लो आइतबार भेटघाट रेष्टुरेन्टमा भएको कम्युनिटीको बैठकले आउंदो ५ डिसेम्बर बिहान ११ बजे प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिट जाने निर्णय गरेको हो ।
संस्थाका अध्यक्ष जीव बेल्वासेका अनुसार, जीआरएनसी, एनआरएनए यूके, स्थानीय एमपी, काउन्सिलर, काउन्सिल लिडर, यूके नेपाल फ्रेन्डसीप सोसाइटीसमेतको टोली प्रधानमन्त्री कार्यालय जानेछ । ‘बेलायतमा नेपाली जनसंख्या बढिरहेको र गोर्खाहरुको विशेष योगदान रहेको परिप्रेक्ष्य साथै हाम्रो आफ्नै पहिचान भएकाले त्यो माग प्रधानमन्त्री समक्ष पुरयाउने निर्णय गरिएको हो’- अध्यक्ष बेल्वासेले भने ।
बैठकमा अध्यक्षले गोर्खा र ब्रिटिस आर्मीको स्मारक (स्ट्याचू) बनाउन क्राउड फन्डिङको जिम्मेवारी जीआरएनसीले लिएको र बांकी व्यवस्थापन रसमोर बरो काउन्सिलले लिने निर्णय भएको जानकारी दिएका थिए ।
बैठकमा फुड फेस्टिवल, नेपाली नयां वर्ष कार्यक्रम, भिक्टोरिया डे, जीआरएनसी अधिवेशन, नेपाली कक्षा सञ्चालन आदि विषयमा छलफल भएको थियो । बैठकले नेपाली नयां वर्ष मनाउन उपाध्यक्ष रन्जिता मल्ललाई संयोजक तोकेको छ भने जीआरएनसी अधिवेशनको सम्पूर्ण जिम्मेवारी वरिष्ठ उपाध्यक्ष रामधन राईलाई दिएको छ ।
महासचिव मान गुरुङद्वारा सञ्चालित उक्त बैठकमा हाल नेपाली समुदायमा बढिरहेको चोरी सम्बन्धमा छलफल भई यसको निराकरणका लागि पुनः स्थानीय प्रहरीसंग बैठक बस्ने निर्णय गरिएको छ ।
बैठकले गरिएका प्रस्ताव र निर्णय कार्यान्वयन पक्षमा विशेष जोड दिएको थियो । बैठकमा रसमोर कम्युनिटी अवार्डबाट सम्मानित सबै र क्याम्बर्ली नेपाली गोर्खा सोसाइटीको अध्यक्षमा निर्वाचित भएका सल्लाहकार क्याप्टेन देव घलेलाई वधाई दिइएको थियो । विगत १० दिनदेखि अस्पतालमा भर्ना भएकी सल्लाहकार शान्ति थापा कुंवरको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो ।
बैठकमा हालै आयोजित टेन के दौड कार्यक्रमका राम्रा र नराम्रा दुवै पक्षमा छलफल भएको थियो भने स्वयंसेवकको रुपमा कडा मिहेनत गर्ने क्याप्टेन बीर थापा, क्याप्टेन विष्णु थापा लगायत ३६ जनालाई सम्मान गरिएको थियो ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह