लन्डन । ‘मिसेस नेपाल यूके २०१७’ की सेकेन्ड रनर अप अमृता गिरी गजुरेलको परिचय थपिएको छ । अब उनी गायिकाका रुपमा उदाएकी छन् । सानैमा दुर्घटनामा परि एउटा हात गुमाएकी अमृताले गाएको पहिलो गीत ‘माली बिनाको फूल…’ को म्यूजिक भिडियो बिहीबार एक कार्यक्रमबीच लन्डनमा सार्वजनिक गरिएको छ । लन्डन ब्रेन्ट काउन्सिलका पूर्व मेयर भगवानजी चौहान र व्यवसायी तथा समाजसेवी काशीराज बोहोराले संयुक्त रुपमा म्यूजिक भिडियो सार्वजनिक गरेका थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी चौहानले अमृताको प्रतिभा देखेर आफू प्रभावित भएको र उनमा अरु धेरै सम्भावना रहेको बताए । अपांगता भएपनि उनको साहस, आत्मविश्वास र लगाव अरुका लागि पनि प्रेरणा श्रोत भएको चौहानको भनाइ थियो ।
म्यूजिक भिडियो निर्देशक कुशल श्रेष्ठले बेलायतमा भिडियो निर्माण आफैंमा चुनौतिपूर्ण भएको बताउंदै सहयोगी सबैप्रति आभार व्यक्त गरे ।
कार्यक्रम सञ्चालन गर्दै स्थानीय गायिका तथा गीतकार अन्जु श्रेष्ठले अमृताको जीवन भोगाइसंग मेल खाने शब्दहरु रचेको बताइन् ।
कार्यक्रममा म्यूजिक भिडियोमा अभिनय गरेका मोडलहरु गिता बस्नेत पाण्डे र शंकर गजुरेल, सञ्चारकर्मी ध्रुवराज अर्याल, शिव भण्डारी, निर्माता काशीराज बोहोरा, नाटयकर्मी सनम कुमार बैराग, मिसेस नेपाल यूके २०१७ आस्था जोशी लगायतले शुभकामना दिएका थिए ।
अमृताको एउटा हात छैन् तर अठोट, हिम्मत र साहस आम महिलाको भन्दा बढि छ । २०० माइलसम्म निरन्तर मोटरवेमा कार हाँक्छिन् उनी । गृहिणी पनि भएकाले घरायसी सबै काम, दुई सन्तानको रेखदेख अनि परिवारिक दायित्व समेत निभाउँछिन् । सारी देखि अरु लुगा लगाउन उनलाई कसैको सहारा जरुरत छैन् । मेकअप आफैं गर्छिन् । कुकिङ गरेर साथी भाइ, पाहुना निम्त्याइरहने त उनको रुची छ । समाजसेवातिर पनि सक्रिय अमृताको अचेल बेलायतका प्राय कार्यक्रममा ‘डान्स’ समेत डिमाण्ड हुने गरेको छ ।
तस्विर- शिव भण्डारी
हेर्नुहोस् म्यूजिक भिडियो-
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा