लन्डन । बेलायत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई भूपू गोर्खाहरुले लन्डनमा सम्मान गरेका छन् । सम्पूर्ण बेलायतवासी ब्रिटिश गोर्खा समुदायका तर्फबाट गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति तथा ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता संघर्ष समिति यूके/नेपालले एक कार्यक्रमबीच सोमबार कदरपत्र, पुष्पगुच्छा र खादाले सम्मान गरेका हुन् ।
कदरपत्रमा ब्रिटिश गार्खाहरुमाथि बेलायत सरकारले सन् १८१६ देखि गर्दै आएको अमानवीय विभेदविरुद्धको आफ्नो अभियानमा नेता नेपालले ऐतिहासिक एवं अभिभावकीय भूमिका निर्वाह गर्दै आवश्यक सल्लाह सुझाव दिंदै आएको उल्लेख छ ।
‘यहांले गोर्खाहरुलाई गुमराहमा राख्ने षडयन्त्रलाई तोड्दै वि.स.२०५२ सालमा परराष्ट्र तथा उपप्रधानमन्त्री रहेका बेला
सन् १९४७ नोभेम्बर ९ मा ब्रिटेन, नेपाल र भारतबीच भएको ‘त्रिपक्षीय सन्धि’ गोर्खा अभियन्ताहरुलाई उपलव्ध
गराउनु भएको थियो । उक्त त्रिपक्षीय सन्धि त्यो समयमा प्राप्त नभएको भए गोर्खा आन्दोलन आज यो स्थितिमा सायद आइपुग्ने थिएन’- कदरपत्रमा भनिएको छ- ‘बेलायती विभेदबाट पीडित र नेपालको संविधानले गैर आवासीय नेपाली (एनआरएन) बनाउन खोजिएका नेपाली नागरिक (ब्रिटिश गोर्खा) हरुका अभियानहरुमा महत्वपूर्ण सहयोग गरिरहनु भएकोमा हार्दिक आभार प्रकट गर्दै यसलाई गन्तव्यमा पुरयाउन निर्णायक भूमिका निर्वाह गरिदिनु हुनेमा पूर्ण विश्वस्त रहंदै यहांलाई हामी सम्पूर्ण बेलायतवासी ब्रिटिश गोर्खा समुदायका तर्फबाट संयुक्त रुपमा यो कदरपत्रद्वारा सम्मान व्यक्त गर्दछौं ।’
कदरपत्रमा नेता नेपालले पछिल्लो समय पनि नेपाल सरकारले बेलायत सरकारसंग तत्काल वार्ता गरि गोर्खा मुद्दा यथाशीघ्र समाधान गर्नुपर्छ भन्दै सदनबाट सरकारलाई सचेत गराइरहेको उल्लेख गरि संविधान संशोधन गरेर ब्रिटिश गोर्खाको नेपाली नागरिकता निरन्तर रहनुपर्ने विषयमा पनि सकारात्मक सल्लाह सुझाव दिंदै आएको उल्लेख छ ।
कदरपत्रमा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, सह-संयोजक सन्तोष थलंग र अभियान निर्देशक ज्ञानराज राईको हस्ताक्षर छ ।
नेता नेपाललाई ९३ वर्षीय वयोवृद्ध भूतपूर्व गोर्खा भक्त राई, सोलिसिटर राजु थापा, गोर्खा अभियन्ताहरु ज्ञानराज राई, सूर्य नेम्वाङ, सन्तोष थलङ, धन गुरुङ, विष्णु गुरुङ लगायतले सम्मान गरेका थिए ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित