लण्डन । तमुधीं युकेले नयाँ नेतृत्व चयन गरेको छ । १७ नोभेम्बर शनिबार आफ्नै भवन मिचेटमा संस्थाका अध्यक्ष ज्ञाम गुरुङको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभाले नन्दजंग गुरुङलाई सर्वसम्मत अध्यक्षको जिम्मेवारी सुम्पेको हो । औपचारिक कार्यभार भने लोछारमा हस्तान्तरण गर्ने तमुधीं युके परम्परा छ ।
दशौं कार्यसमितिमा –
१) अध्यक्ष: नन्दजंग लेम
२) उपाध्यक्ष: जुमकाजी लेम
३) उपाध्यक्ष: हरि टुटलेम
४) उपाध्यक्ष: हितकाजी लेम
५) महासचिव: तुलाराम तमु
६) सचिव: पर्सुराम तमु
७) कोषाध्यक्ष: कुमार तमु
८) सह कोषाध्यक्ष: कमल घोताने
९) खेलकुद सचिव: क्याप्टेन पितम्बर घोताने
१०) प्रवक्ता: रोहित कुमार तमु
११) सांस्कृतिक सचिव: ईन्द्र घोताने
१२) प्रेस /वेवमास्टर: सबिन्द्र कुमार तमु
१३) सदस्य: मिलन तमु
१४) प्रोपर्टी संयोजक: नरेश तमु
१५) युवा संयोजक: राजेन्द्र तमु
१६) महिला प्रमुख: जगतमाया घोताने
१७) सदस्य: भोज बहादुर तमु
१८) सदस्य: मन प्रसाद घोताने
१९) सदस्य: गम बहादुर लेम
२०) सदस्य: कोल प्रसाद तमु
२१) सदस्य: टंक प्रसाद तमु
२२) सदस्य: श्री प्रसाद तमु
२३) सदस्य: युवन टुटलेम
२४) सदस्य: श्री बहादुर तमु
२५) सदस्य: अरुण तमु
२६) सदस्य: मदन तमु
२७) सदस्य: लैच कुमार तमु
२८) सदस्य: यम कुमार तमु
२९) सदस्य: भिम तमु
साधारणसभाको बन्दसत्रमा निर्वाचन समिति संयोजक एकेन्द्र गुरुङले निर्वाचन प्रकृया अगाडि बढाएका थिए । निर्वाचन समितिले आब्हान गरेको २९ सदस्यीय कार्यसमितिको पदहरुमा सो अनुसार नै दर्खास्त दर्ता भएकोले दशौं कार्यसमिति निर्बिरोध घोषणा गरिएको थियो ।
निर्वाचित नयाँ कार्यसमितिका सदस्यहरुलाई सह संयोजक नारायण कोन्मे र सचिव हरिकाजी गुरुङले खादा, बधाई तथा शुभकामना प्रदान गरेका थिए । निर्वाचन संयोजक एकेन्द्र गुरुङले सबै सदस्यहरुलाई शपथ गराए ।
यसअघि सभामा उपस्थित अतिथिहरुलाई सम्वोधन गर्दै उपाध्यक्ष नन्दजंग गुरुङले स्वागत मन्तब्य दिए भने संस्थाको वार्षिक प्रगति विवरण र आर्थिक विवरण क्रमशः महासचिव कृष्ण घोताने र कोषाध्यक्ष दिपक रहन्मेले प्रस्तुत गरेका थिए ।
दुई वर्षको कार्यकालमा कार्यसमितिले गरेका कृयाकलाप तथा प्रगति विवरणहरु साधारणसभाले उत्सुकताका साथ अनमोदन गरेको थियो ।
तमुधीं युकेका करिव ६० प्रतिशत सदस्यहरु उपस्थित भएको भेलालाई सम्वोधन गर्दै अध्यक्ष ज्ञाम गुरुङले आफ्नो कार्यकालमा संस्थाले तर्जुमा गरेका वहुपक्षीय उद्देश्यहरु कार्यान्वयन गर्न सबै पक्षबाट सहयोग प्राप्त भएकोले सफल भएको उल्लेख गरे । उनले ‘फ्लोर’ बाट उठेका जिज्ञासाहरु बुद्धिमतापूर्वक सल्टाएर सबैलाई चित्त बुझाउने प्रयास गरी नवौं कार्यसमिति बिघठन भएको घोषणा गर्दै सभा बिसर्जन गरेका थिए ।
बिहान ११ देखि बेलुका ४ बजेसम्म भएको प्रथम सत्रको कार्यक्रम महासचिब कृष्ण घोतानेले संचालन गरेका थिए । – नारायण कोन्मे
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह