लण्डन । बेलायतका दुई वरिष्ठ मन्त्रीले ब्रेक्जिट सहमतिको आलोचना गर्दै आफ्नो पदबाट राजिनामा दिएका छन् । ब्रेक्जिट मन्त्री डोमिनिक रब र श्रम तथा पेन्सन मन्त्री एस्टर मक्भेले प्रधानमन्त्री टेरेजा मेले गरेको ब्रेक्जिट सहमतिको विरोध गर्दै राजिनामा दिएका हुन् । अरु केहि मन्त्रीहरुको पनि राजिनामा आउन सक्ने अपेक्षा गरिएको छ । यसले बेलायतको राजनीति फेरी अस्थिरतातर्फ लागेको छ । प्रधानमन्त्री मेले बेलायती संसदमा बिहिबार सम्बोधन गर्ने कार्यक्रम छ ।
बुधबार साँझ बेलायती मन्त्रिपरिषद्ले ब्रेक्जिट सहमति पास गरे लगत्तै ईयू विरोधीहरुले चर्को आलोचना गरेका छन् । मन्त्रिपरिषद्को करिब एक तिहाइले यस ब्रेक्जिट सहमतिको विरोध गरेको बेलायती मिडियाले जनाएका छन् ।
प्रमुख प्रतिपक्षी लेबर पार्टीले पनि प्रधानमन्त्री मे सरकारको अवनति शुरु भएको टिप्पणी गरेको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान