लण्डन । शान्ति नेपाली समाज बेलायतले बालबालिकालाई नेपाली भाषा कक्षा संचालन गर्ने उद्देश्यका साथ देउसी भैलो कार्यक्रम गरेको छ ।
दिपावलीको अवसर पारी समाजले वेलायतको बर्मिङ्घम स्थित वेष्ट ब्रोम्विच, Kingstanding र यर्ड्लीमा देउसी भैलो कार्यक्रम गरेको हो ।
करिब १५० घर धुरीमा गइ समाजले नेपाली परम्परा र कला संस्कृतिको पहिचान दिन सफल भएको विश्वास गरिएको छ ।
कार्यक्रम सम्पन्न गर्न बर्मिङ्घमवासी आमा बुवा, दाजुभाई, दिदी बहिनी, नानी बाबु, महिला, बृद्ध, समाजसेवी, संस्थाका संस्थापकहरू, निबर्तमान सल्लाहकार एवं कार्यसमिति पदाधिकारी लगायतको उपस्थिति थियो ।
समाजले संस्थालाई आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावप्रति आभार प्रकट गरेको छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक