लण्डन । मगर संघ केन्ट शाखाको आइतबार सम्पन्न अधिवेसनले क्याप्टेन रिटायर्ड रामबहादुर पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा क्याप्टेन रिटायर्ड नानीबाबु मगर, सचिवमा कमारे बुढामगर, कोषाध्यक्ष रिम काउछामगर र सहकोषाध्यक्ष जया पुन मगर रहेका छन् ।
यसैगरी, सँस्कृति सचिवमा ओमकुमारी पुन, सँस्कृति सहसचिवमा विश्वजीत थापा, मिडिया सचिवमा मानबहादुर थापामगर, खाद्य सचिवमा दलवीर गाहामगर, खाद्य सहसचिवमा शशीराम पुनमगर, सम्पत्ति सचिवमा याम थापा चुनिएका छन् ।
यसैगरी सदस्यहरुमा भीम थापा, दिल्ली थापा, आन पुर्जा, कर्ण राना, पदम बलाम्पाकी, पूर्ण श्रीश, चन्द्रा पुन, अमिता थापा, जयकला पुन, कुल राना, विनम राना, दुर्गा आले, तोय थापा, पृथ्वी थापा, इन्द्रजीत सारु, दीपक बुढा र टोप थापा रहेका छन् ।
यसअघि सम्पन्न बन्दसत्रमा निवर्तमान अध्यक्ष विजय हितान, महासचिव ईश्वर आलेले प्रतिवेदन पेश गरेका थिए भने विभिन्न उपसमिति र क्षेत्रका प्रतिनिधिले प्रतिवेदन पेश गरे ।
निर्वाचन सम्पन्न गर्नका लागि मगर संघ युकेका उपाध्यक्ष सीता पुन, सहकोषाध्यक्ष होम रोका र सचिव रुद्र थापा रहेको निर्वाचन समिति गठन गरिएको थियो । नवगठित समितिलाई निर्वाचन समितिकी संयोजक तथा मगर संघ युकेकी उपाध्यक्ष सीता थापाले सपथ गराएकी थिइन् ।
नवगठित समितिलाई मगर संघ युकेका संरक्षक घनबहादुर थापा, मगर समाजसेवा केन्द्र ललितपुरका पूर्व अध्यक्ष मानबहादुर बुढा, मगर संघ युकेका महासचिव लालबहादुर पुनलगायतले बधाई दिए ।
नवनिर्वाचित समितिका तर्फबाट उपाध्यक्ष क्या. रि. नानीबाबु मगरले प्रतिवद्धता व्यक्त गरेका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा