लण्डन । मगर संघ केन्ट शाखाको आइतबार सम्पन्न अधिवेसनले क्याप्टेन रिटायर्ड रामबहादुर पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा क्याप्टेन रिटायर्ड नानीबाबु मगर, सचिवमा कमारे बुढामगर, कोषाध्यक्ष रिम काउछामगर र सहकोषाध्यक्ष जया पुन मगर रहेका छन् ।
यसैगरी, सँस्कृति सचिवमा ओमकुमारी पुन, सँस्कृति सहसचिवमा विश्वजीत थापा, मिडिया सचिवमा मानबहादुर थापामगर, खाद्य सचिवमा दलवीर गाहामगर, खाद्य सहसचिवमा शशीराम पुनमगर, सम्पत्ति सचिवमा याम थापा चुनिएका छन् ।
यसैगरी सदस्यहरुमा भीम थापा, दिल्ली थापा, आन पुर्जा, कर्ण राना, पदम बलाम्पाकी, पूर्ण श्रीश, चन्द्रा पुन, अमिता थापा, जयकला पुन, कुल राना, विनम राना, दुर्गा आले, तोय थापा, पृथ्वी थापा, इन्द्रजीत सारु, दीपक बुढा र टोप थापा रहेका छन् ।
यसअघि सम्पन्न बन्दसत्रमा निवर्तमान अध्यक्ष विजय हितान, महासचिव ईश्वर आलेले प्रतिवेदन पेश गरेका थिए भने विभिन्न उपसमिति र क्षेत्रका प्रतिनिधिले प्रतिवेदन पेश गरे ।
निर्वाचन सम्पन्न गर्नका लागि मगर संघ युकेका उपाध्यक्ष सीता पुन, सहकोषाध्यक्ष होम रोका र सचिव रुद्र थापा रहेको निर्वाचन समिति गठन गरिएको थियो । नवगठित समितिलाई निर्वाचन समितिकी संयोजक तथा मगर संघ युकेकी उपाध्यक्ष सीता थापाले सपथ गराएकी थिइन् ।
नवगठित समितिलाई मगर संघ युकेका संरक्षक घनबहादुर थापा, मगर समाजसेवा केन्द्र ललितपुरका पूर्व अध्यक्ष मानबहादुर बुढा, मगर संघ युकेका महासचिव लालबहादुर पुनलगायतले बधाई दिए ।
नवनिर्वाचित समितिका तर्फबाट उपाध्यक्ष क्या. रि. नानीबाबु मगरले प्रतिवद्धता व्यक्त गरेका थिए ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित