लण्डन । लण्डनस्थित बर्न्टओक नेपाली समाजले दशैं, तिहारको अवसरमा शनिबार शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा लण्डन बरो अफ बार्नेटका पूर्व मेयर तथा काउन्सिलर ह्यु रेनरले बार्नेटमा नेपाली समुदायले विविधता थपेको भन्दै सामाजिक काममा भूतपूर्व गोर्खा लगायत नेपालीहरुको सकृयताको प्रशंसा गरे ।
अर्का वक्ता डिपुटी लेफ्टिनेन्ट मार्टिन रसेलले बर्न्टओक नेपाली समाज एउटा ठूलो र बलियो परिवारको रुपमा रहेको भन्दै खुसी व्यक्त गरेका थिए । उनका छोरा तथा रोयल गोर्खा राइफल्समा कार्यरत मेजर चार्ली रसेलले नेपालीमा संबोधन गर्दै ब्रिटिशहरुले गोर्खाली तथा नेपालीहरुलाई निकै इज्जत र सम्मानका साथ हेर्ने गरेको बताए।
कार्यक्रममा लण्डन बरो अफ बार्नेटका काउन्सिलरहरु लक्ष्य गुरुङ, चार्ली म्याकाले तथा अमर नकबीको पनि उपस्थिति थियो। सो अवसरमा समाजका गतिविधिहरुमा सकृयरुपमा सघाउने ढकबहादुर रानामगर, श्रीमती दुर्गा गुरुङ तथा मनकुमार गुरुङलाई खादा लगाएर सम्मान गरिएको थियो।
त्यस्तै समाजका नयाँ सदस्यहरु डा. कृष्ण पौडेल तथा डा. मनोरमा भट्टराई, राजन फुयाँल तथा श्रीमती श्वेता तिमल्सिना, शेषराज आचार्य तथा श्रीमती बिन्दु बस्याल, कृष्ण कार्की तथा अनिता खत्री कार्कीलाई सदस्यता प्रमाणपत्र दिइएको थियो । साथै जीसीएससी पुरा गरेका छात्रछात्राहरुलाई प्रशंसापत्र दिइएको थियो।
कार्यक्रम सन्चालन समाजका महासचिव भोला पनेरुले गरेका थिए भने समाजका अध्यक्ष उदय गुरुङले समाजलाई अघि बढाउन सघाउने सबैलाई धन्यवाद दिएका थिए। कार्यक्रममा आमा समूहका सदस्यहरुले पाहुनाहरुलाई व्याच लगाइदिएका थिए।
कार्यक्रमको दोश्रो चरणको सांस्कृतिक कार्यक्रमको सन्चालन अनुपमा गुरुङले आकर्षक ढंगले गरेकी थिइन्। कार्यक्रममा उमेश खडकाले आधुनिक गीतहरु गाएका थिए भने चर्चित कलाकार कल्पना गुरुङले कौडा तथा सालैजु भाकाका लोकप्रिय गीतहरु गाएर सहभागीहरुलाई नचाएकी थिइन्। त्यसैगरी बर्न्टओक युवा समाजका सदस्यहरु रनीज, अजय र मिलानले विभिन्न चर्चित गीतहरु गाए थिए भने श्रीमती बिनु गुरुङ, श्रीमती हेलिशा गुरुङ, प्रशंसा कँडेल लगायतले रोचक नृत्य प्रस्तुत गरेका थिए।
हाल बेलायत बाहिर रहेका हेण्डन क्षेत्रबाट निर्वाचित सांसद डा. म्याथु अफोर्ड कार्यक्रमका अनुपस्थित रहेता पनि सबै नेपालीहरुलाई दशैं तथा तिहारको शुभकामना पठाएका थिए।
बर्न्टओक नेपाली समाजले हरेक वर्ष दशैं तिहारको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएको छ ।
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा