काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष शेष घलेले १ अर्ब रुपैयाँको परोपकारी कोष स्थापनाको घोषणा गरेका छन् ।
एमआईटी ग्रुप फाउन्डेसनमार्फत घलेले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्ने गरी १ अर्ब रुपैयाँको परोपकारी कोष स्थापना गरेको राजधानीमा बिहीबार आयोजित कार्यक्रममा घोषणा गरे।
घले पत्नि जमुना गुरुङ पनि एमआईटी ग्रुप फाउन्डेसनको परोपकारी कोषको संस्थापक हुन्। दुवै अस्ट्रेलियाका २ सय धनी व्यक्तिमा परेका नेपाली हुन्। घलेले अष्ट्रेलियामा शिक्षा, पर्यटन र रियल स्टेटमा लगानी गरिरहेका छन् । घलेले केही समयअघि मात्र नेपालमा ८ अर्ब रुपैयाँको लागतमा शेराटन काठमाडौं होटल निर्माण थालेका थिए ।
उनीहरुले कोषमार्फत नेपालको दुर्गम गाँउका विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्नेछन्। लम्जुङको दुर्गम गाउँमा जन्मे हुर्केका घले २ दसकदेखि अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन्। 
यस्तै स्रोतसाधनको अभाव भएका विद्यालयहरुमा पुस्तकालय स्थापना, शिक्षण सामग्री र तालिमको लागि पनि सहयोग गर्नेछ ।
आधारभूत स्वास्थ्य सेवाको पहुँच नपुगेका ग्रामिण भेगका न्यून आय भएका जनतासम्म स्वास्थ्य सेवाको पहुँच पुर्याउन समेत उक्त कोषले रकम खर्च गर्ने घलेले बताए ।
‘आज जीवनमा सबैभन्दा खुसी भएको छु’ घलेले भने ‘समाजबाट जे पायौ त्यसको केही हिस्सा समाजलाई फिर्ता गर्ने परोपकारी अभियानको थालनी गर्न पाउँदाको खुशी शब्दमा ब्यक्त गर्न सक्दिनँ।’
फाउन्डेसनको कार्यालय काठमाडौंमा छ। फाउन्डेसनले विज्ञहरुको संरचना निर्माण गरी त्यसैअनुसार विभिन्न कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ । घलले छुट्टै शिक्षण संस्था वा स्वास्थ्य संस्था स्थापना गर्ने सोच नभएको बताउँदै भैरहेको संरचनामार्फत सहयोग गर्ने जानकारी दिए ।
अभियानलाई अझै बृहत बनाउन रकमको आकार बढाउँदै लैजाने र अन्य संस्थाले हातेमालो गर्न चाहेमा आफ्नो सम्पर्क र संजालको उपयोग गर्न प्रयास गर्ने पनि घलेले बताए ।
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा