सिड्नी, २३ असोज – अस्ट्रेलिया सरकारले प्रमुख शहरहरुमा मानिसको बढ्दो चापलाई ध्यानमा राखी आप्रवासीहरुलाई अस्थायी रुपमा क्षेत्रीय र ग्रामीण क्षेत्रहरुमा मात्र बस्न दिने नयाँ योजना घोषणा गरेको छ ।
बिशाल अस्ट्रेलियाको बस्ती छरिएर रहेको भएपनि अस्ट्रेलियाको जनसंख्या वृद्धिदर वार्षिक १।६ प्रतिशत छ । यो जनसंख्या वृद्धिदर आर्थिक सहयोग तथा विकास संगठन ‘ओईसीडी’ मा आबद्ध मुलुकको तुलनामा सबैभन्दा बढी हो ।
‘सिड्नी, मेलबोर्न र दक्षिणपूर्वी क्वीन्सल्यान्ड विश्वमै सर्वाधिक तीव्र गतिमा विकास भइरहेका शहरमध्येका हुन्, र यसो हुनुमा विदेशी आप्रवासी प्रमुख कारण हो’- जनसंख्या मन्त्री अलान टजले भन्नुभयो ।
अस्ट्रेलियाका पूर्वी क्षेत्रका सहरहरुमा यही कारण पूर्वाधारमा मात्र गत वर्ष करिब १५ अर्ब अस्ट्रेलियाली डलर खर्च भएको थियो । बेलैमा नरोकिए सन् २०३० सम्ममा यो रकम करिब ४० अर्ब अस्ट्रेलियाली डलर पुग्नेछ, मेलबोर्नको मेन्जीज अनुसन्धान केन्द्रमा आयोजित कार्यक्रममा मन्त्री टजले बताउनुभयो ।
“यो अति घनाबस्ती परिवारहरुका लागि गम्भीर चुनौती हो र मुलुकका लागि गम्भीर आर्थिक चुनौती हो,” उहाँले बताउनुभयो । “अस्ट्रेलिया आउने मानिसलाई हामी साना प्रान्त र क्षेत्रमा स्थानान्तरित गर्ने उपायको खोजी गरिरहेका छौं र उनीहरु त्यहाँ केही वर्ष बस्नै पर्दछ ।”
अस्ट्रेलिया वर्षौंदेखि विश्वभरका मानिसका लागि आकर्षक गन्तव्यस्थल रहँदै आएको छ ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?