वासिङ्टन, २३ असोज – अन्तर्राष्ट्रिय मुद्रा कोषले बढ्दो व्यापारिक तनाव र ऋणको भारका कारण यस वर्ष (सन् २०१८) को विश्वको आर्थिक वृद्धिदर ३ दशमलव ७ प्रतिशतको हाराहारीमा रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ । आगामी वर्ष आर्थिक वृद्धिमा कमी आउन सक्ने कोषको भनाइ छ ।
संयुक्तराज्य अमेरिका र चीनबीचको बढ्दो व्यापार तनावले व्यापार क्षेत्रको वृद्धिमा कमी आउने भएकाले पनि कोषले सन् २०१८ र २०१९ को विश्वको आर्थिक वृद्धिदर ३ दशमलब ७ प्रतिशत कायम गरेको छ, कोषले सोमबार सार्वजनिक गरेको विश्व आर्थिक परिदृश्य प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनमा विकासशील अर्थतन्त्र रहेका मुलुकहरुको आर्थिक परिदृश्यमा खासै वृद्धि नहुने अनुमान गरिएको छ । सन् २०१९ मा चीन र संयुक्तराज्य अमेरिकाको पनि आर्थिक वृद्धिमा कमी आउने कोषको अनुमान छ ।
संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार युद्धले चीन सहित अरु एसियाली मुलुकहरु र अर्जेन्टिना, टर्की तथा ब्राजिल समेतका मुलुकमा जोखिम निम्त्याउने छ ।
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने