काठमाडौँ, २० असोज – डिफेन्डिङ च्याम्पियन नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपको समूह चरणबाटै बाहिरिएको छ ।
आज साँझ बङ्गलादेशको सिल्हेट डिस्ट्रिक रङ्गशालामा भएको समूह चरणको दोस्रो खेलमा नेपाल प्यालेस्टाइनसँग १–० गोलले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो ।
निकै प्रतिष्पर्धात्मक बनेको खेल पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको ७०औँ मिनेटमा प्यालेस्टाइनका मोहमद अलिविसादले गोल गर्दै आग्रता दिलाए । सोही गोल नै खेलको निर्णायक बन्यो । बुधबार भएको समूह चरणको पहिलो खेलमा ताजकिस्तानसँग २–० ले पराजित भएको नेपाललाई सेमिफाइनल पुग्न आजको खेल जित्नैपर्ने थियो ।
समूह ‘ए’ मा नेपालसहित प्यालेस्टाइन र ताजकिस्तान रहेका थिए । समूह ‘बी’ मा आयोजक बङ्गलादेश, फिलिपिन्स र लाओस छन् । साविक विजेताका नाताले नेपालले यसपटक सोझै बङ्गबन्धु गोल्डकपमा सहभागिता जनाउन पाएको हो ।
नेपाल र प्यालेस्टाइनबीच पछिल्लो पटक सन् २०१२ को एएफसी च्यालेञ्ज कपमा प्रतिस्पर्धा भएको थियो । दशरथ रङ्गशालामा भएको खेलमा नेपाललाई प्यालेस्टाइनले २–० गोलले हराएको थियो ।
म्याराथनको उपाधि हेमलाल र कान्छीमायालाई
नेपाली सेनाका हेमलाल श्रेष्ठ र भक्तपुरकी कान्छीमाया कोजुले १२औँ काठमाडौँ म्याराथनको उपाधि जित्न सफल भएका छन् ।
प्रोस्पोर्टस प्रालिको आयोजनामा आज भएको उक्त म्याराथनमा हेमलालले ४२ दशमलव १९ किमीको दूरी दुई घण्टा २० मिनट ४५ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारे । दोस्रो स्थानमा नेपाली सेनाका राजन खत्री र तेस्रो स्थानमा नेपाल प्रहरीका भूमिराज राई रहे । खत्रीले दुई घण्टा २३ मिनेट ३३ सेकेन्डमा र राईले दुई घण्टा २४ मिनेट ३१ सेकेन्डमा म्याराथन पूरा गरे ।
कान्छीमायाले उक्त दूरी दुई घण्टा ५० मिनट ४१ सेकेन्डमा पूरा गरिन् । भक्तपुरकै सरिता वासीले तीन घण्टा ११ मिनट १४ सेकेन्डमा दूरी पूरा गर्दै रजत र राजपूरा पछाइले तीन घण्टा २४ मिनेट आठ सेकेन्डमा दूरी पूरा गर्दै कास्य पाइन् । महिला र पुरुषतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः रु ५० हजार, २० हजार र १५ हजारसहित मेडल प्राप्त गरे ।
म्याराथनअन्तर्गत भएको रोड रेशमा एपिएफका गोपीचन्द्र पार्कीले पहिलो स्थान प्राप्त गरे । गोपीले एक घण्टा सात सेकेन्डमा दूरी पूरा गरे । दोस्रो स्थानमा रहेका सेनाका रामजी बस्नेतले एक घण्टा २१ सेकेन्डमा दूरी पूरा गरे । एपिएफकै सन्तोषविक्रम विष्टले एक घण्टा २२ सेकेन्डमा दौड पूरा गर्दै कास्य प्राप्त गरे । स्वर्ण, रजत र कास्य पदकधारीले क्रमश रु २० हजा रु १३ हजार र रु सात हजार प्राप्त गरे ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने