जकार्ता, १७ असोज – इन्डोनेसियाको सुलावेसी द्वीपमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या एक हजार ४०० पुगेको छ ।
यस भूकम्पमा फसेका व्यक्तिहरुको जिवीतै उद्धार गर्ने सम्भावना भने कम हुदै गएको संयुक्त राष्ट्रसघले जानकारी दिएको छ ।
भूकम्प र त्यसपछिको सुनामीमा ज्यान गुमाउनेको सङ्ख्या एक हजार ४०७ पुगेको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो नुग्रोहोले बुधबार बताउनुभएको छ ।
इन्डोनेसियाको तटीय सहर पालुमा शुक्रबार ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्पबाट एक हजार ४०७ व्यक्तिको मृत्यु भईसकेको यहाँको प्रकोप नियन्त्रण निकायले जानकारी गराएको छ ।
इन्डोनेसियामा गएको भूकम्पको कारण तटीय क्षेत्रमा रहेको पालु शहर बढी प्रभावित भएको छ । यस भूकम्पको कारण करिब २ लाख व्यक्तिलाई मानवीय सहयोगको आवश्यता परेको र त्यसमा हजारौँ बालबालिका छन् ।
भूकम्पबाट ६६ हजार घर क्षतिग्रस्त भएको बताइएको छ । आंशिक रुपमा क्षति पुगेका घरको सङ्ख्या हजरौँ रहेको बताइएको छ । क्षतिको विवरण सङ्कलन भइरहेकोले यसको यकिन विवरण आइसकेको छैन ।
यसैवर्ष लोम्बोकमा गएको शक्तिशाली भूकम्पमा परी ५५० भन्दाबढी व्यक्तिको मृत्यु भएको थियो । इन्डोनेसियामा डिसेम्बर २००४ मा गएको ९.१ म्याग्नीच्यूडको भूकम्प र सुनामीका कारण एक लाख ६० हजारभन्दा बढीको मृत्यु भएको थियो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग