जाकार्ता, १५ असोज -इन्डोनेसियाको सुलावेसी द्वीपमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या १ हजार २३४ पुगेको छ ।
यसअघि सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार मृतक सङ्ख्या ८४४ पुगेको थियो । तर स्थानीय समयानुसार मङ्गलबार अपराह्न १ बजेसम्म भूकम्प र यसपछिको सुनामीमा ज्यान गुमाउनेको सङ्ख्या १ हजार २३४ पुगेको राष्ट्रिय प्रकोप नियन्त्रण निकायमा प्रवक्ता सुटोपो नुग्रोहोले बताउनु भएको छ ।
यसैबीच इन्डोनेसियाको दक्षिणी तटीय क्षेत्रमा रहेको सुम्बा द्वीपमा मङ्गलबार विहान दुई ओटा भूकम्प गएको छ । मङ्गलबार बिहान सुम्बा द्वीपबाट करिब ४० किलोमिटर टाढा रहेको स्थान ५.९ म्याग्नीच्यूडको भूकम्पबाट प्रभावित भएको बताइएको छ ।
यस द्वीपमा करिब ७ लाख ५० हजार व्यक्तिको बसोवास छ ।
यस भूकम्पको करिब १५ मिनेट पछि सोही इलाकामा ३० किलोमिटर गहिराईमा ६.० म्याग्नीच्यूडको अर्को शक्तिशाली भूकम्प गएको थियो । सुम्बा द्वीप सुलावेसी द्वीपबाट करिब १ हजार ६ सय किलोमिटर दक्षिणतर्फ पर्दछ ।
शुक्रबार शक्तिशाली भूकम्प गएको इन्डोनेसियामा मङ्गलबार विहानको भूकम्पबाट पुनः त्रास फैलिएको बताइएको छ ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल