वासिङ्टन, १५ असोज (रासस/एएफपी)- क्यानडा र संयुक्तराज्य अमेरिकाका व्यापार मध्यस्थकर्ताहरुबीच बहुचर्चित उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) मा आवश्यक परिमार्जन सहित प्रतिस्थापन गर्न सहमति भएको छ । दुबै देशका सरकारका तर्फबाट जारी विज्ञप्तिमा अब नयाँ सम्झौताको नाम संयुक्तराज्य अमेरिका–मेक्सिको–क्यानडा सम्झौता (युएसएमसीए) हुनेछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब २५ वर्षअघि सम्पन्न नाफ्टा सम्झौता रद्द गर्ने पटकपटक चेतावनी दिँदै आउनुभएको थियो ।
हाल प्रतिस्थापित सम्झौताबाट बढी स्वतन्त्र बजारलाई बढावा दिने, स्वच्छ व्यापार हुने तथा क्षेत्रमै बलियो आर्थिक वृद्धि हुने संयुक्त वक्तव्यमा अपेक्षा गरिएको छ । उक्त संयुक्त वक्तव्य अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र क्यानडाका विदेशमन्त्री क्रिस्टिया फ्रील्यान्डले जारी गर्नुभएको हो ।
एक वर्षभन्दा बढी समयदेखि चलेको वार्ता तथा छ सातादेखिको तिब्र छलफल पश्चात अमेरिका र क्यानडाबीचको आपसी मतान्तर सुल्झाउन सहमति भएको हो । यो नयाँ सम्झौताबाट यस क्षेत्रमा बसोबास गर्ने करिब ५० करोड जनतालाई फाइदा पुग्ने तथा प्रतिवर्ष करिब १० खर्ब अमेरिकी डलरको व्यापार हुनेछ ।
क्यानडाले आफ्नो दूग्धजन्य बजार अमेरिकाका लागि थप खुला गर्नेछ, तर क्यानडाले माग गरिरहेको विवाद निरुपण प्रावधानलाई अमेरिकाले परिवर्तन गर्ने छैन ।
यो सहमतिसँगै मेक्सिकोका राष्ट्रपति एन्रीक पीना नीटोको कार्यकाल आगामी डिसेम्बर १ तारिखमा सकिनु अगाबै सम्झौतामा हस्ताक्षर हुने वातावरण तयार भएको छ ।
अमेरिकी कानुन मुताबिक यो सम्झौताको कागजातमा हस्ताक्षर हुनु ६० दिन अघि अमेरिकी कङ्ग्रेसमा प्रस्तुत गर्नु पर्दछ ।
संयुक्तराज्य अमेरिका र मेक्सिकोबीच नाफ्टालाई नयाँ स्वरुपमा अगाडि बढाउने विषयमा गत अगस्टमै सहमति भइसकेको छ । त्यसयता क्यानडाका व्यापार मध्यस्थकर्ता लगातार अमेरिकाको वासिङ्टनमा रहेर विवादित विषयमा छलफल गरिरहनु भएको छ ।
ट्रम्पले क्यानाडाली अधिकारीहरुको व्यवहारका बारेमा निरन्तर असन्तोष प्रकट गरिरहनुभएको छ, र पछिल्लोपटक क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग भेट्न समेत राष्ट्रपति ट्रम्पले अस्वीकार गर्नुभएको थियो । तर, क्यानडाका अधिकारीहरुले दुई नेताबीच भेटघाटको कुनै कार्यक्रम नै नरहेको भन्दै बचाउमा वक्तव्य दिएका थिए ।
अमेरिकी प्रशासनका एक उच्च अधिकारीले पछिल्लो पुनर्लेखन अत्यन्त सकारात्मक रहेको बताउँदै यो सम्झौता संयुक्तराज्य अमेरिका, मेक्सिको र क्यानडा तीनै देशका लागि जित भएको जानकारी दिए ।
यो नयाँ सम्झौतामा कामदारको पक्षमा बलियो संरक्षण रहेको, वातावरणीय नियमहरु कडा बनाइएको, तथा डिजीटल अर्थतन्त्रलाई पनि यसपटक समावेश गरिएको छ । साथै, बौद्धिक सम्पत्तिको संरक्षणमा बलियो आधार तयार पारिएको छ ।
यसबाहेक, व्यापार कानुनहरुको कार्यान्वयनमा बदमासी गर्न नपाइने प्रावधान राखिएको तथा ड्यूटी–फ्री बजारको फाइदा लिनबाट अरु मुलुकलाई नियन्त्रण गर्ने प्रयास यसपटक गरिएको छ, अमेरिकी अधिकारीको भनाइ छ ।
नयाँ सम्झौताले कारमाथि लगाइने भनिएको २५ प्रतिशत कर मेक्सिको र क्यानडाका हकमा लागू नहुने व्यवस्था गरेको छ, तर स्टील र आलुमिनियममा वृद्धि गरिएको करका विषयमा भने अलग्गै वार्ता हुने बताइएको छ ।
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न