स्कोप्ज, १५ असोज – म्यासेडोनियाका मतदाताले ग्रीससँग दशकौंदेखि रहेको विवाद सुल्झाउँदै आफ्नो मुलुकको नाम परिवर्तन गर्ने पक्षमा मतदान गरेका छन् । आइतबारको जनमतसङ्ग्रहमा न्यून मतदान भएपनि बहुसंख्यक मतदाताले अलग्गै नाम राख्ने प्रस्तावमाथि मतदान गरेका थिए । यो मतदानसँगै म्यासेडोनियालाई नेटो र युरोपेली युनियनको सदस्यता प्राप्त गर्ने बाटो खुलेको छ ।
निर्वाचन आयोगका अनुसार, मुलुकका ९३ प्रतिशत मतदानस्थलको मतगणना गर्दा ९१.३ प्रतिशतले म्यासेडोनियाको नाम उत्तरी म्यासेडोनिया राख्न सहमति जनाएका छन् । नाम परिवर्तन गर्नु हुँदैन भन्ने पक्षमा केबल ५.७ प्रतिशत मत आएको थियो ।
म्यासेडोनियाका १८ लाख मतदातामध्ये करिब एक तिहाइले मात्र मतदान गरेका थिए ।
मतदानको परिणाम सार्वजनिक भएसँगै ग्रीसको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ग्रीस गत जुन महिनामा म्यासेडोनियासँग भएको सम्झौताप्रति प्रतिबद्ध रहेको बताएको छ । नाम परिवर्तन गरेमा म्यासेडोनियालाई नेटो र युरोपेली युनियनको सदस्यताका लागि सहयोग गर्ने ग्रीसले यसअघि नै प्रतिबद्धता व्यक्त गरिसकेको छ ।
ग्रीसका प्रधानमन्त्री अलेक्सिस चिप्रासले म्यासेडोनियाका समकक्षीलाई टेलिफोन गरी सम्झौताको कार्यान्वयनलाई निष्कर्षमा पुरयाउन म्यासेडोनियाका प्रधानमन्त्रीको साहस र प्रतिबद्धताको प्रशंसा गर्नुभयो ।
अब म्यासेडोनियाको नाम परिवर्तनका लागि संसदको दुई तिहाइ मत आवश्यक पर्नेछ । साथै, यसलाई ग्रीसको संसदले समेत अनुमोदन गर्नुपर्नेछ ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी