बर्लिन, जर्मनी, १२ असोज – जर्मन चान्सलर एङ्गेला मर्केलले जर्मनी,फ्रान्स, रूस र टर्कीबीच आगामी अक्टोबरमा सिरियामा शिखर सम्मेलन गर्ने तयारी भइरहेको शुक्रबार बताउनुभयो ।
“हामी सिरियाको छिमेकी चार राष्ट्र जर्मनी, फ्रान्स, रूस र टर्कीका राष्ट्रप्रमुखबीच सिरियाली द्वन्द्व समाधानका लागि आगामी आगामी अक्टोबरमा शिखर सम्मेलन गर्ने तयारी रहेको छ,” मर्केलले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानसँगको कुराकानीपछि सञ्चारकर्मीलाई बताउनुभयो ।
“हामीले शिखर सम्मेलन आगामी अक्टोबरमा गर्ने योजना बनाएका छौँ,” मर्केलले भन्नुभयो ।
वार्ता खासगरी सिरियाको विद्रोही नियन्त्रित प्रान्त इडलिवको दुरावस्थालाई लिएर हुने मर्केलले बताउनुभयो ।
टर्कीले सिरियाली राष्ट्रपति बसर अल–असदलाई सत्ताबाट हटाउन इडलिब क्षेत्रमा लडिरहेका सिरियाली विद्रोहीलाई सहयोग गर्दै आएकोमा सिरियाको द्वन्द्व अन्त्यका लागि सन् २०१६ को अन्त्यतिरबाट इरान र रूससँग पनि निकट रहँदै आएको छ ।
रूस र टर्कीले रूसी ब्लाक सी रिसोर्ट शहर सोकीमा सेप्टेम्बर १७ मा भएको सम्मेलनमा इडलिबको मध्य क्षेत्रलाई शान्ति क्षेत्रको घोषणा गर्ने बिषयमा सहमति भएको थियो ।
रूस तथा इरानबाट सहयोग प्राप्त सिरियाली सरकार र उसको सेनाले सात बर्षसम्म विद्रोहीले नियन्त्रणमा राखेको इडलिबमा आक्रमण गरी नियन्त्रणमा लिने बताइरहेका बेला हुने भनिएको वार्तालाई विशेष चासोका रूपमा लिने गरिएको छ ।
रूस र टर्कीले यदि इडलिबमा विद्रोहीविरुद्ध कारबाही थाल्ने हो भने यसबाट रगतको खोलो बग्ने चेतावनीपछि सम्झौता गर्न सहमत भएका हुन् ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी