बर्लिन, जर्मनी, १२ असोज – जर्मन चान्सलर एङ्गेला मर्केलले जर्मनी,फ्रान्स, रूस र टर्कीबीच आगामी अक्टोबरमा सिरियामा शिखर सम्मेलन गर्ने तयारी भइरहेको शुक्रबार बताउनुभयो ।
“हामी सिरियाको छिमेकी चार राष्ट्र जर्मनी, फ्रान्स, रूस र टर्कीका राष्ट्रप्रमुखबीच सिरियाली द्वन्द्व समाधानका लागि आगामी आगामी अक्टोबरमा शिखर सम्मेलन गर्ने तयारी रहेको छ,” मर्केलले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानसँगको कुराकानीपछि सञ्चारकर्मीलाई बताउनुभयो ।
“हामीले शिखर सम्मेलन आगामी अक्टोबरमा गर्ने योजना बनाएका छौँ,” मर्केलले भन्नुभयो ।
वार्ता खासगरी सिरियाको विद्रोही नियन्त्रित प्रान्त इडलिवको दुरावस्थालाई लिएर हुने मर्केलले बताउनुभयो ।
टर्कीले सिरियाली राष्ट्रपति बसर अल–असदलाई सत्ताबाट हटाउन इडलिब क्षेत्रमा लडिरहेका सिरियाली विद्रोहीलाई सहयोग गर्दै आएकोमा सिरियाको द्वन्द्व अन्त्यका लागि सन् २०१६ को अन्त्यतिरबाट इरान र रूससँग पनि निकट रहँदै आएको छ ।
रूस र टर्कीले रूसी ब्लाक सी रिसोर्ट शहर सोकीमा सेप्टेम्बर १७ मा भएको सम्मेलनमा इडलिबको मध्य क्षेत्रलाई शान्ति क्षेत्रको घोषणा गर्ने बिषयमा सहमति भएको थियो ।
रूस तथा इरानबाट सहयोग प्राप्त सिरियाली सरकार र उसको सेनाले सात बर्षसम्म विद्रोहीले नियन्त्रणमा राखेको इडलिबमा आक्रमण गरी नियन्त्रणमा लिने बताइरहेका बेला हुने भनिएको वार्तालाई विशेष चासोका रूपमा लिने गरिएको छ ।
रूस र टर्कीले यदि इडलिबमा विद्रोहीविरुद्ध कारबाही थाल्ने हो भने यसबाट रगतको खोलो बग्ने चेतावनीपछि सम्झौता गर्न सहमत भएका हुन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग