
प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती प्रधानमन्त्री टेरेजा मेबीच संयुक्त राष्ट्र सङघको मुख्यालयमा भेटवार्ता हुँदै । तस्वीर – सुरेन्द्रबहादुर नेपाली, न्युयोर्क/रासस
न्यूयोर्क, ११ असोज – प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा बेलायती प्रधानमन्त्री टेरेजा मेसँग भेटवार्ता गर्नु भएको छ ।
संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन प्रधानमन्त्रीद्वय ओली तथा मे यहाँ हुनुहुन्छ । उक्त अवसरमा नेपाल तथा बेलायतबीच शताब्दीयौँदेखिको मित्रता तथा द्वीपक्षीय सम्बन्ध स्मरण गरिएको संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्लेले बताउनुभयो । उहाँले व्यापार, लगानी तथा पर्यटनसहितका बहुक्षेत्रमा सहयोग बलियो बनाउने विषयमा पनि छलफल भएको जानकारी दिनुभयो ।
भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुनकुमार कार्की तथा संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत काफ्ले, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी उपस्थित हुनुहुन्थ्यो ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी