लन्डन । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पा दुई उपाध्यक्षका साथ शनिबार साँझ लन्डन उत्रिएका छन् ।
लन्डनमा सोमबार हुन लागेको अन्तर्राष्ट्रिय फुटबल संघ (फिफा) को वार्षिक अवार्ड वितरण समारोहमा सहभागी हुन एन्फा अध्यक्ष शेर्पासंगै उपाध्यक्षयद्धय कृष्णबहादुर थापा र उपेन्द्रमानसिंह लन्डन आइपुगेका हुन् । अन्तर्राष्ट्रिय फुटबल जगतमा एउटा प्रतिष्ठित इभेन्ट ‘तेश्रो फिफा फुटबल अवार्डस्’ लन्डनस्थित रोयल फेस्टिबल हलमा हुंदैछ ।
विमानस्थल उत्रिएपछि एन्फा अध्यक्ष शेर्पाले आफ्नो बेलायत भ्रमणको उद्देश्य र नेपालमा फुटबल विकासका लागि संस्थाले चालेको अग्रगामी पहल सम्वन्धमा प्रतिक्रिया दिंदै बेलायतवासी नेपालीबाट समेत सहयोगको अपेक्षा व्यक्त गरे ।
एन्फा पदाधिकारीहरुलाई हिथ्रो विमानस्थलमा सहारा यूके अध्यक्ष मिनबहादुर गुरुङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायतका अध्यक्ष सिद्धार्थविक्रम क्षेत्री, सहारा यूके सल्लाहकार महेश गुरुङ, तमुधिं यूके पूर्व अध्यक्ष रामचन्द्र (सुर्जे) गुरुङ लगायत नेपाली समुदायका अग्रजले स्वागत गरेका थिए । पछि एन्फा पदाधिकारीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायतका अध्यक्ष सिद्धार्थविक्रम क्षेत्रीले माया पबमा रात्रीभोजसहित स्वागत गरेका थिए ।
पहिलो पटक बेलायत आएका एन्फा पदाधिकारीहरुले २७ सेप्टेम्बरमा नेपाल फर्कनुअघि फिफा कार्यक्रमबाहेक नेपाली समुदायसंग समेत अन्तरक्रिया गर्ने तय भएको छ । सहारा यूकेले मंगलबार एन्फा टोलीसंग अल्डरसटमा एक अन्तरक्रिया र अल्डरसट एफसी अफिसियलसंग बैठक तय गरेको छ । अल्डरसट एफसीसंगको बैठकपछि रात्रीभोज गरिने छ ।
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित