सोल, ४ असोज – उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फेरि शिखर बैठक गर्न दक्षिण कोरिया र चीनले सुझाव दिएका छन् ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले चाडै नै ट्रम्पसँग शिखर बैठक गर्न किमलाई बिहीबार आग्रह गर्नुभएको हो ।
दुई कोरियाको शिखर बैठकमा क्रममा मुनले किमसँग यस्तो अपेक्षा व्यक्त गर्नुभएको समाचारमा जनाइएको छ ।
तीन दिन अगाडी गत मंगलबारदेखि शिखर सम्मेलनका लागि उत्तर कोरियाको राजधानी प्योङयाङमा रहनु भएका मुनले पत्रकार सम्मेलनम सम्वोधन गर्ने क्रममा ट्रम्पसँग किमले भेट्ने विषयलाई जोड दिनुभयो ।
मुनले आणविक निशस्त्रीकरणका लागि उत्तर कोरियाली नेता किमले पुनः प्रतिबद्धता जनाएको पनि जानकारी दिनुभयो ।
मुन र किमबीच यसैबर्ष मात्रै अहिलेसम्म तीन पटक बैठक भइसकेको छ । यसअघि गत अप्रिल २७ र मे २६ तारिखका दिन दुई कोरियाको शिखर वार्ता भएको थियो ।
त्यसैगरी किम र ट्रम्पबीच भने पहिलो पटक गत जुन १२ तारिखका दिन सिङ्गापुरमा ऐतिहासिक शिखर बैठक भएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पसँग दोस्रो शिखर बैठक गर्न चीनको विदेश मन्त्रालयले पनि बिहीबार किमलाई आग्रह गरेको छ ।
दुई कोरियाका शीर्ष नेताहरूको बैठक प्योङयाङमा भइरहेकै बेला चीनको विदेश मन्त्रालयका प्रवक्ताले ट्रम्पसँग पनि शिखर बैठक फेरी गर्न किमलाई आग्रह गरेका हुन् ।
कोरियाली शिखर बैठकपछि जारी संयुक्त घोषणापत्रमा आणविक निशस्त्रीकरणप्रति चरणवद्ध रूपले अगाडी बढ्ने प्रतिबद्धता पुनः जनाइएकोमा चीनले खुशी व्यक्त गरेको छ ।
सिङ्गापुरमा भएको यसअघिको सहमती अनुसार नै अमेरिकाले पनि थप कदमहरू चाल्ने चीनले अपेक्षा गरेको जनाएको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता गेङ शुङले भन्नुभयो, “उत्तर कोरिया र अमेरिकाका शीर्ष नेताले एक अर्कासँग छिट्टै वार्ता गर्ने विश्वास लिइएको छ ।”
यसैबीच अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले उत्तर कोरियासँग नयाँ चरणको सम्झौता गर्न अमेरिकाले आन्तरिक तयारी गरिरहेको बुधबार बताउनुभएको थियो ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी