
इस्लामावाद, ३ असोज -पाकिस्तानका पूर्वप्रधानमन्त्रीसहित तीन जनालाई जेलमुक्त गर्न अदालतले आदेश दिएको छ ।
पूर्वप्रधानमन्त्री नवाज सरिफ, उहाँकी छोरी मार्याम र ज्वाई क्याप्टेन सफ्दरलाई बुधबार इस्लामावाद उच्च अदालतले रिहा गर्न आदेश दिएको हो ।
भ्रष्टाचारसम्बन्धी मुद्दा लागेका उनीहरुलाई अदालतको अन्तिम टुङ्गो नलाग्दासम्म रिहा गर्न आदेश दिएको सरिफका वकिल खवाज हरिशले जानकारी दिनुभयो ।
अदालतले निर्णय सुनाउँदै गर्दा अदालत बाहिर उहाँका समर्थकहरुले सरीफको पक्षमा खुशीयालीसहित चर्को नाराबाजी गरेका थिए ।
उहाँलाई गत जुलाईमा स्वदेश फर्किनेबित्तिकै पक्राउ गरिएको थियो । निर्वाचनको पूर्वसन्ध्यामा उहाँ बेलायतबाट स्वदेश फर्किनुभएको थियो । सरीफले जेलसजाय काट्न शुरू गरेको दुई महिनापछि अदालतले रिहा गर्न लगाएको हो ।
भ्रष्टाचार विरुद्धको एउटा अदालतले पानामा पेपर प्रकरणमा दोषी ठहर गरी नवाजलाई १० वर्ष र मार्यमलाई सात वर्षको जेल सजाय सुनाएको थियो । त्यसैगरी मुद्दामा नसघाएको भन्दै सरिफका ज्वाइँ सफ्दरलाई एक वर्ष जेल सजाय सुनाइएको थियो ।
उहाँहरुलाई यसअघि सुनाइएको फैसलालाई निलम्बन गरिएको छ । पुनरावलोकनलाई लागि उहाँहरूले दिएको निवेदनमाथि सुनुवाइका क्रममा अदालतले पछिल्लो आदेश दिएको हो ।
उहाँहरुले आफूहरुलाई लगाइएको आरोप गलत भएको र राजनीतिक प्रतिशोधका आधारमा फसाइएको बताउँदै आउनुभएको छ ।
सरिफकी क्यान्सरपीडित श्रीमती कुलसुम नवाजको उपचारका क्रममा लण्डनमा निधन भएको एक हप्तापछि अदालतको आदेश आएको छ ।
कुलसुमको अन्तिम संस्कारमा सहभागी हुन नवाज र मार्यम दुवैलाई अनुमति दिइएको थियो र सहभागी भएपछि फेरि जेलमै राखिएको थियो ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार बुधवार अबेर सम्ममा जमानतमा उहाँहरु रिहा हुने अनुमान गरिएको छ ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी