क्वालालम्पुर, मलेसिया, २ असोज (रासस-एएफपी) – मेलेसियामा ‘विषाक्त’ मदीरा सेवन गरेका कारण चार नेपाली कामदारसहित १५ विदेशी कामदारको मृत्यु भएको प्रहरीले मङ्गलबार जनाएको छ ।
उक्त घटनामा ३३ जना विरामी परेका छन् । मृतकसहित विरामी परेका प्रायः सबैजना विदेशी कामदार रहेको सेलाङ्गार राज्यको प्रहरी प्रमुख मजलान मानसोरले बताउनुभयो ।
सेलाङ्गर मलेसियाको राजधानी क्वालालम्पुरसँग जोडिएको राज्य हो ।
प्रहरीका अनुसार मृतक तथा विरामी सबैले सोमबार दुई थरीका ह्वीस्की र एक थरी वियरको सेवन गरेका बताइएको छ ।
मदीरा सेवन गरी मृत्यु भएका पहिलो व्यक्ति एउटा फ्याक्ट्रीमा काम गर्ने श्रमिक थिए भने मङ्गलबार पनि एक जनाको मृत्यु भएको मलेसियाको बेर्नामा न्यूज एजेन्सीले जनाएको छ ।
सोमबार मृत्यु हुने सात जनामध्ये एक मलेशियाली, चार नेपाली, एक भारतीय र एक जना बङ्गलादेशी नागरिक रहेका मजलानले बताउनुभयो । थप नागरिकको परिचय नखुलाइकनै प्राय विदेशी नागरिक रहेको उहाँले बताउनुभयो ।
प्रहरी प्रमुखद्वारा हस्ताक्षर गरिएको एक वक्तव्यमा भनिएको छ, “मृत्युको कारण अझै आधिकारिक रूपमा पुष्टि भइसकेको छैन । तर प्रहरीको प्रारम्भिक अनुसन्धानमा सबैजनाले मदीरा सेवन गरेपछि अस्पताल भर्ना गरेको पाइएको छ ।”
स्थानीय सञ्चारमाध्यमले प्रहरीले घटनास्थलबाट विभिन्न ब्रान्डका मदीराका खोलहरू लगेको छ । उनीहरूले मदीरा किनेको भनिएको पसलबाट पनि प्रहरीले केही नमूना लगेको बताइएको छ ।
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी