वासिङ्टन, २६ भदौ (रासस-एएफपी) -अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरियाली नेता किम जोङ उनले पठाएको पछिल्लो पत्र अत्यन्त सकारात्मक रहेको अमेरिकी राष्ट्रपतिको कार्यालय, ह्वाइट हाउसले जनाएको छ । उक्त पत्र राष्ट्रपति ट्रम्पले सोमबार प्राप्त गर्नुभएको थियो ।
गत जुलाई १२ मा सिङ्गापुरमा दुई नेताबीच शिखर वार्ता भएको थियो । सो वार्तापछि पुनः दोस्रो भेटघाटको लागि उहाँले अत्यन्त सकारात्मक पत्र पठाउनु भएको ह्वाइट हाउसले सोमबार जानकारी दिएको छ ।
यो अत्यन्तै गौरव गर्न लायक र सकारात्मक पत्र भएको ह्वाइट हाउसका प्रवक्ता सराह स्यान्डर्स हक्याबीले बताउनुभएको छ । यस पत्रबाट कोरियाली द्वीपमा प्योङ्याङले निःशस्त्रीकरणको प्रतिबद्धतालाई जारी राखेको भन्ने प्रष्ट गरेको पनि उहाँले बताउनुभएको छ ।
उत्तर कोरियाली सर्वोच्च नेता किमले पठाउनु भएको यस पत्रमा पहिलो प्रस्ताव नै अमेरिकी राष्ट्रपति ट्रम्पसँग दोस्रो भेट गर्ने रहेको थियो । सिङ्गापुरमा भएको पहिलो भेटपछि नै दुई देशबीचको सम्बन्ध सामान्यीकरणतर्फ उन्मुख भएको छ ।
यस पत्रबाट वासिङ्टन र प्योङयाङ बीचमा सिंगापुर वार्तापछि थप प्रगतिलाई साबित गर्ने पनि स्यान्डर्सले बताउनुभएको छ । सिङ्गापुर शिखर बैठकपश्चात उत्तर कोरियाली नेता कीमले आफ्नो देशमा जारी पारमाणविक कार्यक्रम स्थगित गरी निःशस्त्रीकरणतर्फ लाग्ने बाचा गरेको थियो ।
दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले गत जुनमा भएको छलफलपछि ट्रम्प र किमको भेटवार्तामा लगातार प्रयास जारी राख्ने प्रतिज्ञा गर्नुभएको थियो ।
उता कोरियाली प्रायःद्वीपमा पूर्ण रुपमा हुने निःशस्त्रीकरण नै अमेरिका र उत्तर कोरियाबीच समस्या समाधानको आधारभूत कुरा भएको मुनले मङ्गलबार बताउनुभएको छ ।
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
सहाराले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
हिटलरको घर अब प्रहरी चौकी
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने