भ्लादिभोस्टोक, रूस, २६ भदौ – चीनका राष्ट्रपति सी जिनपिङ र उहाँका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच रूसको सुदूरपूर्वी शहर भ्लादिभोस्टोकमा मङ्गलबार भेट भएको छ ।
भेटमा विश्वका शक्तिशाली दुई नेताबीच दुइपक्षीय सम्बन्ध बिस्तार तथा विश्वमा शान्तिको सुरक्षा, र विश्वको आर्थिक तथा राजनीतिक स्थायित्वका बिषयमा कुराकानी भएको बताइएको छ ।
भ्लालिभोस्टोकमा हुने चौँथो ‘इस्टर्न इकोनोमिक फोरम’मा सहभागी हुन रूसी राष्ट्रपति पुटिनको निमन्त्रणामा सी रूस आउनुभएको हो ।
रूसको चीनसँग बढ्दो निकट सम्बन्धको सम्मेलनका अबसरमा भाग लिन रूस पुगेका चिनियाँ राष्ट्रपतिसँगको भेटमा मुक्त कण्ठले प्रशंसा गर्नुभयो ।
“हामीबीच राजनीतिक, सुरक्षा तथा रक्षा क्षेत्रमा विश्वासिलो सम्बन्ध रहेको छ,” रूसी राष्ट्रपतिले भन्नुभयो ।
उक्त अवसरमा चीनका राष्ट्रपति सीले दुई मुलुकबीचको मित्रता सधैं मजबुत रहँदै आएको बताउनुभएको छ ।
रूस र चीनले व्यापारमा डलरको प्रयोगलाई घटाउने
भ्लादिभोस्टोक, रूस, २६ भदौ – मस्को र बेइजिङले व्यापारमा आफ्नै राष्ट्रिय मुद्राको प्रयोग गर्ने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार बताउनुभएको छ ।
रूसको पश्चिमसँगको सम्बन्धमा थप समस्या आइरहेका समय रूसी राष्ट्रपतिको यो भनाई आएको हो ।
‘रूसी तथा चिनियाँ पक्षले आफुहरूले व्यापारमा राष्ट्रिय मुद्रालाई नै प्रयोग गर्न लागेको पुष्टि गरिसकेका छन्’- रूसी राष्ट्रपतिले चिनियाँ राष्ट्रपतिसँगको भेटपछि सञ्चारकर्मीसँगको कुराकानीमा बताउनुभयो ।
यो निर्णयले बैङ्किङ सेवाको स्थायित्वलाई बढाउने र निर्यात तथा आयातका गतिविधिलाई सुरक्षित बनाउने उहाँले बताउनुभयो ।
रूसविरुद्ध क्रिमिया गाभ्ने र यूक्रेन विद्रोहीलाई सघाउने काम गरेको भन्दै पहिलेभन्दा कडा प्रतिबन्ध लगाइएको छ ।
पछिल्लो चरणमा अमेरिकी प्रतिबन्धको घोषणाले रसियाली मुद्रा रूबल तथा अमेरिका चीनबीचको व्यापार युद्धका कारण चिनियाँ मुद्रा युआनमा गिरावट आउन थालेपछि उनीहरूले राष्ट्रिय मुद्रालाई नै व्यापारमा प्रयोग गर्ने छलफललाई अगाडी बढाएको पुटिनले बताउनुभयो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन