चिता, रूस, २६ भदौ – रूसले मङ्गलबार अहिलेसम्मकै सबैभन्दा विशाल सैन्य अभ्यास शुरु गरेको छ ।
लाखौँ सैनिकले एकैसाथ गरिएको उक्त अभ्यासमा तीन लाख सेना, ३६ हजार सैनिक गाडी, ८० पानीजहाज र एक हजार विमान, हेलिकोप्टर तथा मानवरहित युद्धक विमान सहभागी छन् । अभ्यासमा तीन हजार ५०० चिनियाँ सेनाले समेत भाग लिएका छन् ।
रूस र चीन सहभागी विशाल सैन्य अभ्यास गरिने सूचनासँगै उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले सैन्य अभ्यासलाई ‘विशाल द्वन्द्व’ को अभ्यास भन्दै यसको आलोचना गरेको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त विशाल सैन्य अभ्यासलाई प्रत्यक्ष अवलोकन गर्नुहुने भएको छ ।
रूसले सुदूरपूर्वी शहर भ्लादिभोस्टोकमा आयोजना गरेको भोस्टोक–२०१८ नाम दिइएको चिनियाँ राष्ट्रपति लगायतका विश्व नेताहरू सहभागी हुने आर्थिक सम्मेलनमा सहभागिता भएपछि राष्ट्रपति पुटिनले सैनिक अभ्यासको अवलोकन गर्नुहुनेछ ।
रूसी रक्षामन्त्रीले विशाल सैन्य अभ्यास शुरु हुनुपूर्व नै तयारी अवस्थामा राखिएका सैनिक गाडी, जहाज, हेलिकोप्टर र पानी जहाजको भिडियो दृष्यलाई सार्वजनिक गर्नुभएको थियो ।
यसैबीच रूसको चीनसँग बढ्दो निकट सम्बन्धको सम्मेलनका अबसरमा भाग लिन रूस पुगेका चिनियाँ राष्ट्रपतिसँगको भेटमा मुक्त कण्ठले प्रशंसा गर्नुभयो ।
“हामीबीच राजनीतिक, सुरक्षा तथा रक्षा क्षेत्रमा विश्वासिलो सम्बन्ध रहेको छ,” रूसी राष्ट्रपतिले भन्नुभयो ।
उक्त अवसरमा चीनका राष्ट्रपति सीले दुई मुलुकबीचको मित्रता सबै समय मजबुत रहेको बताउनुभयो ।
मङ्गोलियाली सैनिकले पनि सहभागिता जनाउने उक्त सैन्य अभ्यासको नेटोले ‘विशाल द्वन्द्व’को अभ्यास भनी आलोचना गरेको छ ।
सैन्य अभ्यास रूसले पश्चिमी मुलुकका गतिविधिमाथि हस्तक्षेप गरेको भन्ने बिषयमा मस्कोमाथि आरोप लगाइएको र उनीहरूबीच तनाब बढेको बेला आयोजना गरिएको छ । पश्चिमा राष्ट्रहरूले यूक्रेन र सिरिया रूसी हस्तक्षेपको पनि आलोचना गरिरहेका छन् ।
रूसी सेनाले सैन्य अभ्यासलाई सन् १९८१ मा सोभियत सङ्घले गरेको करिब एक लाख ५० हजार सैनिक सहभागी जापड–८१ (वेस्ट–८१) को विशाल युद्धअभ्याससँग तुलना गरिएको छ ।
रक्षामन्त्री सेर्गेइ सोइगुले अहिलेको सैन्य अभ्यास त्योभन्दा अझ विशाल भएको बताउनुभयो ।
राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले नेटोद्वारा देखाएको चासोप्रति खण्डन गर्दै यो नियमित सैन्य क्षमता विकासका लागि गरिएको बार्षिक अभ्यास भएको मङ्गलबार बताउनुभएको छ ।
यी महत्वपूर्ण अभ्यास पक्कै हुन् तर यी सेना क्षमता विकासका लागि गरिने बार्षिक कार्यक्रम मात्रै हुन्, पेस्कोभले सञ्चारकर्मीसँग बताउनुभयो ।
पेस्कोभले यस पहिले रूसले अन्तराष्ट्रिय अवस्थालाई मध्यनजर राख्दै गर्न लागेको विशाल सैन्य अभ्यास जायज भएको दावी गर्नुभएको थियो ।
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी