लन्डन । गोर्खा सत्याग्रह आन्दोलन विरुद्ध रहेको भनिएका बेलायती सांसदहरुलाई सामाजिक वहिष्कार गर्नुपर्नेमा झन् सम्मान गरिएको भन्दै गोर्खा सत्याग्रह समितिबीच नै मतमतान्तर शुरु भएको छ । गोर्खा सत्याग्रह समितिका सन्चार निर्देशक दीपक मास्केले तीन बेलायती सांसद सर जेराल्ड होवार्थ (अल्डरसट) र रेडिङका दुई सांसदहरु रव विल्सन र आलोक शर्माले गोर्खा माग पुरा गर्न सक्दैनौं भनेर संसदमा असहयोग गरेको यथार्थ बिर्सेर तिनैलाई खोजी खोजी सम्मान गरिएकोमा आक्रोश पोखेका छन् ।
‘होवार्थले अल्डरसटबाट गोर्खालीलाई खेद्नु पर्छ भनेकै हुन्’, मास्केले आक्रोशित हुंदै भने, ‘यी तीनै सांसदले गोर्खा माग पुरा गर्न नसक्ने भनेपछि हामीले तिनलाई सामाजिक वहिष्कार गर्नुपर्नेमा साथीहरुले उल्टो सम्मान गर्दै हिंडेका छन् ।’
गोर्खा सत्याग्रह संघर्ष समिति र फर्गटन गोर्खा मिलेर आयोजना गरेको मिस नेपाल सुविन लिम्बुको सम्मान कार्यक्रममा रेडिङका सांसद रव विल्सनलाई समेत सम्मान गरि तस्विरहरु फेसबुकतिर राखेपछि मास्के आक्रोशित भएका हुन् । मास्केले आफूलाई कार्यक्रमबारे पूर्व जानकारी भएको भए त्यस्तो कार्य रोक्ने समेत बताए ।
मास्केले उल्लेखित सांसदहरुले निर्वाचनमा पर्चा बांड्ने सम्मको काम गर्न लगाएर गोर्खाहरुलाई प्रयोग गरेको आक्षेप लगाएका छन् ।
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका