काठमाडौँ, २२ भदौ – भारतमा हुने उन्नाइस वर्षमुनि (यु–१९)को एक दिवसीय क्रिकेट प्रतियोगिताका लागि आज १५ सदस्यीय टोलीको घोषणा भएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आयोजना गर्न लागेको उक्त प्रतियोगिता यही भदौ २७ देखि असोज २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आशिफ शेखले कप्तानीको भूमिका निर्वाह गर्नेछन् । त्यस्तै अन्य खेलाडीमा त्रिराज दास, रवि साह, विपिन रावल, लोकेश बम, रित गौतम, पवन सरार्फ, किशोर महतो, रसिद खान, भीम सार्की, कमल सिंह ऐरी, सुन्दिप जोरा, सागर ढकाल, अरुण ऐरी र मोहम्मद साम्सद आलम छनोटमा परेका छन् ।
यस प्रतियोगितामा राष्ट्रिय टोलीका कुनै पनि खेलाडी सहभागी छैनन् । प्रतियोगितामा आयोजक भारत, भारतकै नेशनल क्रिकेट एकेडिमी र अफगानिस्तानको यु–१९ टोली सहभागी छन् । उक्त प्रतियोगितामा सहभागिता जनाउनको लागि नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
काठमाडौं थापाथलीको सुकुमवासी बस्ती हटाउन थालियो, बिहानैदेखि चल्यो डोजर
चार मिस नेपाल र दिल श्रेष्ठको जोडी ‘माया भनेकै यस्तो होला’ मा
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ
नेपालको परराष्ट्र मन्त्रालयले भन्यो – ‘पश्चिम एसियाको द्वन्द्वपछि ३० हजार नेपाली स्वदेश फर्किए’
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतको फैसला स्वीकार गर्ने
सुरु भयो एनआरएनए र आईएलओको सहकार्यमा रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला