काठमाडौँ, २० भदौ – एशिया कप छनोट क्रिकेट प्रतियोगिताको फाइनल भिडन्तमा संयुक्त अरब इमिरेट्स (युएइ) र हङकङ भिड्ने भएका छन् ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित किन्नरा ओभल क्रिकेट मैदानमा बिहीबार हुने खेलमा दुवै टोली विजय लक्ष्यका साथ मैदानमा उत्रँदैछन् । फाइनलमा विजयी हुने टोलीले यसै महिना युएइमा हुने एशिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् ।
एशिया कपमा छनोट हुने टोलीले भारत र पाकिस्तानजस्ता टेष्ट राष्ट्रसँग खेल्ने मौका पाउनेछ । सो प्रतियोगिता यही भदौ २८ देखि असोज १२ गतेसम्म युएइमा हुनेछ ।
मङ्गलबार भएको लिग चरणको अन्तिम खेलमा दुवै टोलीले जित हात पार्दै फाइनलमा प्रवेश गरेका हुन् । छनोट खेलमा युएइ आठ अङ्कका साथ पहिलो र सात अङ्क जोडेको हङकङ दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका हुन् ।
यसअघिका चार खेलमा अपराजित रहे पनि अन्तिम खेलमा युएइसँग १३ रनले पराजित भएपछि ओमन प्रतियोगिताबाट बाहिरियो । ओमनको पनि ७ अङ्क नै थियो । त्यस्तै समान ७ अङ्क नै जोडेको हङकङ रन रेटका आधारमा फाइनलमा पुगेको हो ।
अन्तिम खेलमा हङकङले नेपाललाई ३ विकेटले पराजित गरेको थियो । लिग चरणको खेल समाप्तिसँगै युएइ पहिलो, हङकङ दोस्रो, ओमान तेस्रो र नेपाल चौथो स्थानमा रहयो । त्यस्तै १-१ खेल जितेका मलेसिया पाँचौँ तथा सिङ्गापुर छैटौँ स्थानमा रहे ।
छनोट चरणको लिग खेलमा चार खेल खेलेको नेपालले दुई खेलमा जित तथा दुई खेलमा पराजय भोग्यो । नेपालले आयोजक मलेसिया र सिङ्गापुरलाई पराजित गरेको थियो भने ओमन र युएइसँग हार बेहोरेको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?