
नेपाल र स्विटजरल्याण्ड सरकारबीच सुरक्षित आप्रवासन परियोजना (तेस्रो चरण) कार्यान्वयनका लागि अनुदान सहयोगसम्बन्धी सम्झौतापत्र बुधबार अर्थ मन्त्रालयमा हस्ताक्षरपछि आदानप्रदान गर्दै अर्थ सचिव डा राजन खनाल र नेपालका लागि स्विजरल्याण्डको राजदुत एलिजाबेथ भन क्यापिलर ओस्वाल्ड । तस्वीर – नवीन पौडेल, रासस
काठमाडौँ, २० भदौ – सुरक्षित आप्रवासन परियोजना सामी (तेस्रो चरण) कार्यान्वयन गर्न नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले रु दुई अर्ब अनुदान सहयोग प्रदान गर्ने भएको छ ।
अर्थमन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थसचिव डा राजन खनाल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भन क्यापिलर ओस्वाल्डले सो सहयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
चारवर्षे सो परियोजना १६ सेप्टेम्बर २०१८ देखि कार्यान्वयन सुरु भई १५ जुलाई २०२२ सम्म रहने छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मुख्य संयोजन गरी सामी परियोजना सातवटै प्रदेश समावेश हुने गरी ३९ जिल्लाका पालिका (नगरपालिका-गाउँपालिका) मार्फत कार्यान्वयनमा आउने छ । यसअघि पनि सो मन्त्रालयले सामी परियोजना पहिलो र दोस्रो चरण सफलतापूर्वक सम्पन्न गरिसकेको छ । ती जिल्लाबाट वर्षेनी पाँच हजारभन्दा बढी वैदेशिक रोजगारीमा जाने तथ्याङ्क छ ।
परियोजनाले सुरक्षित आप्रवासनका लागि कानूनी सहायता, तालीम, क्षमता अभिवृद्धि, सूचना, वित्तीय साक्षरता, मनोसामाजिक परामर्शलगायतका क्षेत्रमा सहयोग पुरयाउने छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय