टोकियो, १९ भदौ – जापानमा गएको करिब २५ वर्षपछिकै ठूलो आँधी आएको छ । सो आँधीका कारण जापानमा ठूलो क्षति पुगेको बताइएको छ ।
‘जेबी’ नाम दिइएको सो आँधी प्रतिघन्टा २१६ किलोमिटरको गतिमा आएको मौसमविद्हरुले जनाएका छन् । ठूलो वर्षात्सहितको आँधीको प्रकोपका कारण पश्चिमी जापानका कतिपय ठाउँमा पहिरो पनि गएको सरकारी अधिकारीले जनाएका छन् ।
यसको प्रकोपले लाखौँ मानिस प्रभावित भएको अनुमान गरिएको छ । तर पनि अहिले नै यसबाट भएको क्षतिको यकिन विवरण प्राप्त भएको छैन ।
जापानी प्रधानमन्त्री सिन्जो आबेले उद्धार कार्यमा खट्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले सतर्कता अपनाउन नागरिकलाई अपिल गर्नुभएको जापानी सरकारी टेलिभिजन एनएचकेले जनाएको छ ।
जापानको मौसम विभागले बाढी पहिरो र खतरनाक हावाहुरीको सम्भावना अझै रहेकाले आवश्यक सतर्कता अपनाउन सूचना सार्वजनिक गरेको छ ।
जापानको मौसम विभागका अधिकारी रियुता कुरुराले भन्नुभयो– ‘सोमबार साँझबाट शुरु भएको आँधीको प्रकोप २५ वर्षपछिकै शक्तिशाली छ र यसले पुरयाउन सक्ने क्षतिको आँकलन गरी सरकारले आवश्यक सुरक्षात्मक उपायहरु अपनाउनु पर्छ ।’
उहाँले मङ्गलबार बिहानदेखि आँधीको गति झनै बढ्दै गएको देखिएको बताउनुभयो । कैयौँ स्थानमा पहिरो गएको र केहीमा बाढीले क्षति पुरयाएको देखिएको छ भन्दै तर अहिले नै स्थलगत रुपमा जान सकिने अवस्था नरहेको पनि उहाँले बताउनुभयो ।
प्रधानमन्त्री आबेले मन्त्रिपरिषदको आपतकालीन बैठक बोलाउनुभएको छ । यस बैठकले सुरक्षात्मक उपायका लागि आवश्यक तयारी गर्न निर्देशन दिने बताइएको छ ।
मौसमविद्हरुले सन् १९९३ पछिकै सबैभन्दा शक्तिशाली आँधी आएको भन्दै सबै नागरिकलाई अनावश्यक रुपमा बाहिर ननिस्किन र सरकारी सूचनाहरुलाई मनन् गर्न भनेका छन् ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ