संयुक्त राष्ट्रसङ्घ, १७ भदौ (रासस/एएफपी) – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरेसले युद्धबिराम सम्झौता अनुरुप लिबियामा जारी हिंसा अन्त्य गर्न सबै सम्बद्ध पक्षसमक्ष आग्रह गर्नुभएको छ ।
लिबियाको स्वास्थ्य मन्त्रालयका अनुसार पाँच दिनभित्रै परस्पर लडाकू समूहबीचको हिंसात्मक झडपबाट ३९ जनाको मृत्यु भएको र करिब १०० जनाको मृत्यु भएको छ । यो झडप राजधानी सहर त्रिपोलीको दक्षिणी इलाकामा सोमबार भड्किएको थियो ।
“महासचिवले लिबियाको राजधानी सहरका बाहिरी इलाकाहरुमा फैलिएको हिंसाको निन्दा गर्नुभएको छ । हतियारधारीले जथाभावी गोली चलाउँदा आम सर्वसाधारणको मृत्यु र घाइते भएको खबर छ । हिंसाबाट बालबालिकाहरु समेत प्रताडित भएका छन्,” गुटेरेसको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
महासचिव गुटेरेसले हिंसात्मक घटनालाई तत्काल रोक्न र संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको युद्धबिराम सम्झौताको पालना गर्न सबै पक्षलाई आग्रह गर्नुभएको छ ।
बेलायत, फ्रान्स, इटाली र संयुक्तराज्य अमेरिकाका तर्फबाट जारी संयुक्त वक्तव्यमा त्रिपोली वा लिबियाका कुनै पनि भागमा हुने हिंसात्मक घटनाका दोषीमाथि कारबाही हुने चेतावनी दिइएको छ । सन् २०११ मा पूर्वनेता मोउमार कद्दाफी सत्ताच्यूत भएपछि त्रिपोलीमाथि प्रभाव जमाउन विभिन्न सशस्त्र समूह सक्रिय छन् ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार