काठमाडौँ, १६ भदौ – एशिया कप छनोट क्रिकेटमा नेपालले आयोजक मलेशियालाई १९ रनले पराजित गर्दै छनोटमा पहिलो जित निकालेको छ ।
मलेशियाको राजधानी क्वालालम्पुरस्थित ओभल क्रिकेट मैदानमा नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याउने क्रममा मलेशियाले निर्धारित ३० ओभरमा नौ विकेट गुमाएर १६९ रन मात्र बनायो ।
मलेशियालाई १६९ रनमै सीमित गर्ने क्रममा नेपालका वसन्त रेग्मीले तीन, सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई-दुई, सागर पुन र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए । मलेशियाका लागि मोहम्मद अनवरले ३४, सैद अजिज मुवारकले ३४, अहमेद फैज नुरले २२, भिरनदीप सिंहले २१, मोहम्मद रम्लीले १३ र सरभिन मुनियान्डीले १० रन बनाए ।
ययअघि टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ३० ओभरमा दिपेन्द्रसिंह ऐरी र अरिफ शेषको अर्धशतकको मद्दतले सात विकेटको क्षतिमा १८८ रन बनाएको छ ।
नेपालका लागि कप्तान पारस खड्काले १३, अनिलकुमार साहले १६, दिपेन्द्रसिंह ऐरीले ५४, ज्ञानेन्द्र मल्लले ११, अरिफ शेषले नटआउट ६४ रनको योगदान गरे । खेल शुरु हुनुअघि बिहान भारी वर्षा भएपछि खेल ३० ओभरमा झारिएको थियो ।
नेपाल यसअघि १३ भदौमा ओमानसँग र १४ भदौमा युएइसँग पराजित भएको हो । मलेशियामाथिको जितसँगै नेपालले छनोटको फाइनल पुग्ने सम्भावना जीवितै राखेको छ । आजको जितसँगै महत्वपूर्ण दुई अङ्क समेत जोडेको छ । नेपालले अब आइतबार सिङ्गापुरसँग खेल्नेछ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
धादिङबाट त्रिशूलीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, २४ घाइते
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
स्कटल्याण्डविरुद्ध नेपालको जित