लन्डन । तमुहरुले आफ्नो महान पर्व ल्होछार धुमधामसंग मनाएका छन् । शनिवार सांझ लन्डन र रेडिङमा एकैसाथ ल्होछार कार्यक्रम भए ।
तमुधिं यूकेले रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्स्मा हजारौं दर्शकबीच ल्होछार मनायो । उक्त कार्यक्रमका विशेष अतिथी थिए अष्ट्रेलियाका धनाढ्य व्यापारी एवं एनआरएनए आइसीसी अध्यक्ष शेष घले र कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री प्रमुख अतिथी । उक्त अवसरमा तमुधिं यूकेले शेष घलेलाई विधिवत रुपमा संस्थाको संरक्षक घोषणा गरेको छ । निवर्तमान अध्यक्ष कमल गुरुङले घलेलाई सम्मान गरेका थिए ।
तीन चरणमा विभाजित ल्होछार कार्यक्रममा ग्रयाजुएसन उत्तिर्णलाई सम्मान, डा. हर्क गुरुङ अवार्ड हस्तान्तरण, फ्रेंसी स्मारिका विमोचन र सांस्कृतिक कार्यक्रम गरिएको अध्यक्ष रामचन्द्र गुरुङ (सूर्जे) ले जनाए ।
महासचिव नन्दजंग गुरुङले सञ्चालन गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष कमल गुरुङले आफ्नो दुई वर्षे कार्यकालमा भए गरेका उपलव्धिको चर्चा गर्दै आफ्नो कार्यसमितिलाई पूर्ण सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । उक्त अवसरमा औपचारिक रुपमा पुरानो कार्यसमिति विघटन गरि नयां कार्यसमितिले जिम्मेवारी लिएको छ ।
तेश्रो चरणको सांस्कृतिक कार्यक्रममा नेपालकी चर्चित गायिका आस्था राउत प्रमुख आकर्षण बनिन् । गायिका राउतलाई गायक राजु गुरुङले साथ दिएका थिए ।
६ बाट १२ बजेसम्म आयोजित कार्यक्रममा दर्शक भीड उल्लेख्य थियो ।
यसैबीच, लन्डनका तमुहरुको प्रतिनिधित्व गर्ने तमु समाज यूकेले पनि ह्यारो लिजर सेन्टरमा ल्होछार धुमधामसंग मनाएको छ । दिउंसो धर्मगुरु लामा धरम गुरुङबाट पुजाआजा भएपछि सांझबाट सांस्कृतिक कार्यक्रमसहित औपचारिक कार्यक्रम गरिएको हो ।
कार्यक्रम संयोजक शिवकुमार गुरुङले हेल्थ एण्ड सेफ्टीबारे अवगत गराएपछि कार्यक्रम अघि बढेको थियो । ह्यारो बरोका मेयर अजय मरुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासचिव रामचन्द्र गुरुङले ल्होछार पर्वको महत्वबारे प्रकाश पारे भने कार्यकाल हस्तान्तरण गर्दै गर्दा निवर्तमान अध्यक्ष शिवशरण गुरुङले स्वागत मन्तव्य दिए ।
उक्त अवसरमा नयां आजीवन सदस्यहरु, हाउजिङ प्रोजेक्टका दाता र ग्रयाजुएसन एवं डिग्री गर्ने तमु विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
उत्कृष्ट समाजसेवी पदक समेत वितरण गरियो । नवनिर्वाचित अध्यक्ष अर्जुन गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, पूर्व अध्यक्ष शिवशरण गुरुङ लगायतले सम्मान र ताम्रपत्र प्रदान गरेका हुन् । ल्होछार कार्यक्रमबीच नवनिर्वाचित अध्यक्ष अर्जुन गुरुङको नयां कार्यसमितिले जिम्मेवारी ग्रहण गरेको छ । आमा समूहकी अध्यक्ष माया गुरुङले नवनिर्वाचित समितिलाई खादा र पुष्पगुच्छाले स्वागत गरिन् । पूर्व मिस यूके नेपाल दुर्गा गुरुङ र निरज गुरुङले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष टंकराम गुरुङले धन्यवाद मन्तव्य दिएका थिए ।
लोकगायक मिलन लामा र दोहोरी गायिका कल्पना गुरुङले गायनबाट भरपुर मनोरञ्जन दिए । स्थानीय कलाकारहरुको नृत्य पनि विशेष आकर्षण बन्यो । सांस्कृतिक कार्यक्रमको कोरियोग्राफी गगन गुरुङ र लक्ष्मी गुरुङले गरेका हुन् ।
कार्यक्रममा एनआरएनए यूके अध्यक्ष महेन्द्र कंडेल, आइसीसी यूके सदस्य विनोद ज्ञवाली, तमु ह्योला छोंज धिं गुरुङ राष्टिय परिषद केन्द्रिय समिति अध्यक्ष रेशम गुरुङ, सोलिसिटर राजु थापा, यती नेपाली एसोसिएसन यूके अध्यक्ष उमेश मोक्तान लगायत अतिथी र पत्रकार शिव भण्डारी, विमला सेने, फोटोपत्रकार ओमकार गुरुङ लगायत सहभागी थिए ।
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते