काठमाडौँ, १३ भदौ – एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज ओमानसामु २२२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा टस हारेरे ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर २२१ रन बनायो । नेपालका लागि सागर पुनले उत्कृष्ट ब्याटिङ गरे । उनले ८३ रन बनाए । ज्ञानेन्द्र मल्लले ४५, आरिफ शेखले ३६ तथा करण केसीले अविजित २६ रन बनाए । अहिले ओमानले जवाफी ब्याटिङ गरिरहेको छ । ओमानले ९ ओरमा एक विकेट गुमाउँदै ३७ रन जोडेको छ ।
प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, ओमान, संयुक्त अरब इमिरेटस् (युएई), सिङ्गापुर र हङकङ सहभागि छन् । एकदिवसीय खेलमा नेपाल र ओमन पाँच पटक भिड्दा नेपाल तीन तथा ओमान दुई खेलमा विजयी भएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा