काठमाडौँ, १३ भदौ – एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज ओमानसामु २२२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा टस हारेरे ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर २२१ रन बनायो । नेपालका लागि सागर पुनले उत्कृष्ट ब्याटिङ गरे । उनले ८३ रन बनाए । ज्ञानेन्द्र मल्लले ४५, आरिफ शेखले ३६ तथा करण केसीले अविजित २६ रन बनाए । अहिले ओमानले जवाफी ब्याटिङ गरिरहेको छ । ओमानले ९ ओरमा एक विकेट गुमाउँदै ३७ रन जोडेको छ ।
प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, ओमान, संयुक्त अरब इमिरेटस् (युएई), सिङ्गापुर र हङकङ सहभागि छन् । एकदिवसीय खेलमा नेपाल र ओमन पाँच पटक भिड्दा नेपाल तीन तथा ओमान दुई खेलमा विजयी भएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा