गुजरात, भारत, ७ भदौ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हरेक भारतीय नागरिकलाई आफ्नै घरको सुनिश्चतता गराउने आफ्नो सपना रहेको बताउनुभएको छ ।
उहाँले आगामी सन् २०२२ सम्ममा सबै नागरिकको आफ्नै घर हुने बिहीबार आयोजित एक कार्यक्रममा बताउनुभयो ।
प्रधानमन्त्री आवास योजनाबाट लाभान्वितहरुलाई प्रमाणपत्र वितरण गर्न गुजरातमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री मोदीले यस्तो बताउनु भएको हो ।
उहाँले यो मेरो सपना भएकाले सन् २०२२ सम्ममा हरेक नागरिकलाई आफ्नै घरको व्यवस्था गराउनका लागि आफूले प्रयास गरिरहेको जानकारी दिनुभयो ।
उहाँले थप्नुभयो, “हामीले अहिलेसम्म राजनीतिक नेताहरुले मात्रै सरकारी घर पाएको सुनेका छौँ, तर अव चाडै नै गरिव जनताले पनि सरकारबाट आफ्नै घर पाएको सुन्न पाउनुहुनेछ ।”
उहाँले प्रधानमन्त्री आवास योजना अन्तर्गत निकै राम्रा घर बन्न सम्भव भएको र त्यसमा कुनै मध्यम बर्गीय नागरिक नरहेको बताउनुभयो ।
भारतको महत्वपूर्ण चाड रक्षा बन्धनको पूर्व सन्ध्यामा प्रधानमन्त्री मोदी मार्फत् गुजरातका गरिब बर्गका महिलाहरुलाई घर हस्तान्तरण गरिएको हो ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त