बेइजिङ, ७ भदौ – संयुक्तराज्य अमेरिका र चीनले एकअर्का मुलुकका सवारीसाधन, कारखाना उपकरण तथा अन्य सामग्रीमा बिहीबार अर्बौं डलरको करबृद्धिको घोषणा गरेका छन् ।
दुई महिनाको बीचमा दुबै मुलुकका उच्च अधिकारीको दोस्रो बैठक बसेलगत्तै दुबै मुलुकले करमा २५ प्रतिशत वृद्धि गरेका छन् । बुधबार मात्र आरम्भ भएको दुईदिने वार्ताको विस्तृत विवरण भने प्रकाशमा ल्याइएको छैन ।
सवारी साधन र धातुजन्य बस्तु समेतका दुवै मुलुकका १६ अर्ब डलर बराबरका सामग्रीमा दण्डजरिवाना लाग्नेछ । गत महिना पनि दुबै मुलुकले एकअर्काका ३४ अर्ब डलरका सामानमा करबृद्धि गर्ने घोषणा गरिएको थियो ।
पहिलो चरणको करबृद्धि भनिएको यो घोषणासँगै दुबै मुलुकबीच अब ५० अर्ब डलर बराबरका सामानमा करबृद्धि हुनेछ ।
चीन सरकारले करबृद्धि विश्व व्यापार सङ्गठनका नियमको उल्लङ्घन रहेको भन्दै अमेरिकाको आलोचना गरिरहेको छ र यसविरुद्ध चीनले कानुनी चुनौती दिने जनाएको छ ।
अमेरिकाले राज्यको अग्रसरतामा प्रविधि विकासका कार्य रोक्न बेइजिङमाथि दबाब दिइआएको छ तर चीनले त्यसलाई अस्वीकार गरिरहेको छ । चीनको यस कदमले बजारमा प्रतिस्पर्धी स्थिति उत्पन्न नहुने अमेरिकाको भनाई छ ।
तत्काल कुनै सम्झौता नहुने स्थितिप्रति सङ्केत गर्दै अर्थविज्ञहरुले सन् २०२० सम्म विश्वको आर्थिक वृद्धि ०.५ प्रतिशत विन्दुको हाराहारीमा मात्र रहने चेतावनी दिएका छन् ।
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत