मन्ट्रियल, ४ भदौ (रासस/एएफपी) – क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सन् २०१९ मा हुने संसदीय चुनावमा प्रधानमन्त्रीको उम्मेदवारको रुपमा आफूलाई उभ्याउने घोषणा गर्नुभएको छ ।
लिबरल पार्टीका नेता जस्टिनलाई मन्ट्रियल जिल्लाबाट सर्वसम्मत उम्मेदवार घोषणा गरेको छ । यस जिल्लाबाट उहाँ सन् २००८ देखि लगातार विजयी हुँदै आउनुभएको छ । उहाँ सन् २०११ र २०१५ मा पुनः विजयी हुनुभएको थियो ।
जस्टिनले समर्थकहरुलाई सम्बोधन गर्दै बलियो मुलुक र बलियो विश्व बनाउने अभियानमा आफूले प्रयास गर्ने बताउनुभयो । उहाँले धनी र गरिबबीचको खाडललाई न्यून गर्ने प्रतिज्ञा गर्दै आदिवासी समुदायको आर्थिक सामाजिक उन्नतिका लागि काम गर्ने बताउनुभयो ।
सन् २०१९ अक्टोबर २१ मा हुने संसदीय निर्वाचनलाई मध्यनजर गरी गत जुलाईको मध्यमा ट्रुडोले आफ्नो सरकारमा फेरबदल गर्नुभएको थियो । यहीबीच विश्व व्यापारमा तनाबको स्थिति पनि उत्पन्न भएको छ र यसले ट्रुडोमाथि दबाब सिर्जना गरेको छ ।
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी