मधुमेहको समस्या संसारमा बढ्दो छ । डाइबेटिज युकेको तथ्यांक अनुसार दक्षिण एसियाका मानिसलाई अन्यन्त्रकालाई भन्दा टाइप-२ मधुमेह हुने जोखिम करिब चारगुणा रहेको देखिएको छ । दक्षिण एसियालीलाई टाइप-२ मधुमेह हुनुको जोखिममा उनीहरुको मांशपेशीहरुले बोसो उपभोग गर्ने तरिकाले गर्दा बढी भएको कुरा अध्ययनले देखाएको छ ।
ग्ल्यासको युनिभर्सिटीका अनुसन्धान टोलीले पत्ता लगाए अनुसार युरोपियन मान्छेहरुको तुलनामा दक्षिण एसियाका मानिसहरुको मांशपेशीले शक्ति कम प्रयोग गर्दा इन्सुलिन हार्मोनमा कम प्रतिक्रिया दिनाले मधुमेहको जोखिममा योगदान पुरयाउन सक्ने देखिएको छ ।
शरीरले बोसो उपभोग गर्ने एउटा तरिका अस्थिरपन्जी मांसपेशीहरु हुन् र अनुसन्धानकर्ताहरुले दक्षिण एसियाका र युरोपियन मानिसहरुको मांसपेशीहरुमा धेरै भिन्नता रहेको पाएका छन् । अर्को अर्थमा दक्षिण एशियाका र युरोपियन मानिस संगै एकै गतिमा हिडे भने युरोपियन मानिसको शरीरले धेरै क्यालोरी उपयोग गर्छ ।
मधुमेहको अन्य कारणहरु-
प्यास लाग्नु, खासगरी रातमा सदा भन्दा बढी पिसाव लाग्नु, थकाइ लाग्नु, थाहै नपाइ वजन घट्नु, अस्पष्ट देख्नु, गुप्ताङ्ग धेरै चिलाउनु आदि मधुमेहको लक्षणहरु हुन् । याद गरौं कि बिना लक्षणहरु बिना पनि मधुमेह हुन सक्छ । त्यसैले रगत परिक्षण बेला बेलामा गर्नुपर्छ ।
टाइप-१ मधुमेह प्राय: बच्चाहरू र कम उमेरका मानिसहरूमा प्रौढहरू विकास हुन्छ भने नब्बे प्रतिशत टाइप-२ मधुमेह जीवनशैलीको कारणले देखिएको छ ।
दक्षिण एशियाका मानिसहरुको कम मांशपेशी हुनुको साथै पेटमा बढी बोसो हुने सम्भावना रहन्छ जसको कारणले इन्सुलिन प्रतिरोध हुनसक्छ । पेटको बेसोमा हुने एक किसिमको अग्रगामी एंजियोटेनसिन प्रोटिन हो जसले रक्त कोषिकाहरुमा रगत ओहर दोहर गर्न व्यवधान पुर्याउदछ । उक्त कारणले रक्तचाप बढ्ने गर्छ । अर्को प्रोटिन जसलाई रेटिनो बाइन्डीन्ग ४ भनिन्छ जुन इन्सुलिन प्रतिरोध हुन्छ जसको कारणले आर्टरीहरु बन्द भइ हृदयाघात, स्ट्रोक हुने जोखिम बढ्छ । पेटको बेसोमा पाइने अरु प्रोटिनहरुले थोरै सुनिने गराउन सक्छ जसले मुटुरोग, मधुमेह र अरु रोगहरु जस्तै क्यान्सर हुने जोखिम हुन्छ ।
मोटोपन नभएपनि खानपिन तथा जीवनशैलीको कारणले मधुमेहको जोखिम प्रबल रहन्छ । बढ्दो सहरीकरण कारणले कम क्रियाशील जीवनयापन पनि अर्को कारण हुन आउछ । झन्डै पचास प्रतिशत एशियाका प्रौढले धुमपान गर्छन्, जसको कारणले ठूलो भुँडी हुन पुग्छ र ४५ प्रतिशत मधुमेह हुने जोखिम बढ्छ ।
सेतो भात तथा अरु परिष्कृत अन्नहरु बढी मात्रामा खाने हुँदामा यसले मधुमेहको जोखिम बढाउने सम्बन्ध छ । आमा गर्भवतीहुदा उचित पोषणयुक्त खाना नखादा जब बच्चा ठूलो हुन्छ, उसको उच्च चिनीको मात्रा रगतमा देखिने कारक बन्न सक्छ । बायु प्रदूषणको कारणले इन्सुलिन प्रतिरोध बढ्ने र मधुमेहको जोखिमको समस्या पनि एशियाको सहरहरूमा देखिएको छ ।
मधुमेहले मुटुलाई गर्ने असर
रगतमा उच्च ग्लुकोज लेभल भएपछि रगत बाक्लो र टाँसिने हुनपुग्छ । त्यसैले शरीर भरि रगत पम्प गर्न मुटुलाई भार पर्छ र यसले आर्टरीको भित्तामा असर गर्दछ जसले चिल्लो जम्ने क्रमको विकास गर्न सक्दछ । मुटु रोगका जोखिमका तत्वहरू धूमपान, उच्च रक्तचाप र रगतमा उच्च कोलेस्ट्रोलबाट हुने नोक्सानलाई मधुमेहले अरू बढाउँदछ । टाइप-२ मधुमेह भएको मान्छेको प्राय ट्राइग्लिसराइड बढी र एचडिएल कोलेस्ट्रोल कम हुन्छ । मधुमेह भएको मान्छेलाई रक्तचाप हुने बढी संभावना हुन्छ । मधुमेहले मुटुको मांशपेशीलाई असर गर्न सक्छ र रगत पम्प गर्ने क्षमतामा ह्रास आउन सक्छ । मधुमेहले मुटुको स्नायुलाई असर पार्न सक्छ । त्यसैले एन्जाइनाको लक्षणहरूमा फरक पर्न सक्छ । यसले इन्जाइना र हृदयघात पत्तालगाउन ढिलो हुन सक्छ ।
मधुमेहको जोखिमलाई कसरी कम गर्ने ?
शरीरका अङ्गहरू जस्तै आँखा, मृगौला, पैतालाको नोक्सानलाई रोकथाम गर्न रगतको ग्लुकोज लेभल र रक्तचाप ठिक गरी नियन्त्रण गर्नु जरुरी छ । मधुमेहले कोरोनरी मुटुरोग लाग्ने सम्भावनालाई धेरै बढाउंछ । मधुमेहको मुख्य जोखिमका तत्वहरूको राम्रो उपचार र जीवनशैली परिवर्तन गरेर नियन्त्रण गर्न सकिन्छ ।
तलका निम्न कुराहरुलाई मनन गरौं-
मोटोपन हटाऔ, क्रियाशील बनौं – स्वस्थ्यकर वजन राख्नाले रक्तचाप कम हुने र मुटुलाई कम काम गर्ने बनाउंछ, यसले कोलेस्ट्रोल घटाउदछ र मधुमेहको विकास हुने जोखिमलाई कम गराउंछ । आफ्नो उचाई अनुरुपको वजन हुनुपर्दछ । शारीरिक निस्कृयता मुटुरोग लाग्ने प्रमुख जोखिम हो र टाइप-२ मधुमेहको विकास हुने पनि प्रमुख कारण हो । तपाईंलाई मधुमेह भइसकेको छ भने शारीरिक क्रियाशीलताले तपाईंले खाने औषधीको परिमाणलाई कम गर्न मद्दत गर्दछ । क्रियाशील हुँदा विस्तारै रफ्तार बढाएर लैजानु पर्दछ र हप्ताको घटीमा पाँच दिन आधी घण्टाको ठिक्कको व्यायाम गर्नुपर्दछ ।
थोरै खाऔ तर राम्रोसँग खाऔं- एकै समयमा छाक नछुटाई स्वस्थ्यकर खानु महत्वपूर्ण कुरा हो । कस्तो र कति खाने भन्नेकुराको जानकारी हुन सवैलाई आवश्यक छ । राम्रो खानाले वर्तमान र भविष्यको स्वास्थ्यमा ठूलो असर पार्दछ । यसले आत्मघाती मुटुरोग र क्यान्सर जस्ता रोगहरूको जोखिमबाट बचाउन सक्छ । फलफूल र सब्जी र स्वास्थ्यकर खानपिनले मधुमेहको जोखिमलाई कम गर्दछ । दिनको घटीमा ५ पोर्सन विभिन्न किसिमका फलफूल र सब्जी खानुपर्दछ ।
धूमपान छोडौं- धूमपानले विभिन्न किसिमका क्यान्सर, श्वासप्रश्वास, उच्च रक्तचाप र मुटुको रोगलाई निम्त्याउंछ । धुम्रपान त्याग्नु नै स्वास्थ सुधार्नु हो । यसको लागि आफ्नो इच्छा शक्ति महत्वपूर्ण कुरा हो ।
कोलेस्ट्रल र ट्राइग्लिसराइड लेबल नियन्त्रण गरौं- स्वस्थ्यकर खाना, त्यसमा पनि जनावरबाट पाइने चिल्लो कम खानुपर्दछ । मधुमेह भएकोको मान्छेलाई कोलेस्ट्रोल र ट्राइग्लिसराइड लेबल बढी हुने गर्दछ । त्यसैले समयमा रगत जाँच गराइ आफ्नो कोलेस्ट्रोल र ट्राइग्लिसराइडको नम्बर थाहा पाइरहनु पर्दछ र त्यहि अनुरुप जीबनशैली बदल्नु पर्दछ ।
उच्च रक्तचाप नियन्त्रण गरौं- मधुमेह भएको मान्छेलाई प्रायश उच्च रक्तचाप हुने गर्दछ । त्यसैले यसलाई नियन्त्रण गर्नु जरुरी छ ।
चिन्ता कम गरौं- चिन्ता अहिले संसारमा मान्छेको स्वास्थ्यमा जोखिम बढाउने प्रमुख कारण हो । चिन्ताबाट न समस्याको हल प्राप्त हुन्छ न छुट्कारा नै । चिन्ताले गलत क्रियाकलापलाई पनि उक्साहित गर्न सक्छ । जस्तै तनाब भयो भनि धुम्रपान गर्नु, बोर लाग्यो भनि रक्सी पिउनु, अल्छी लाग्यो भनेर बढी सुत्नु आदिले पनि मधुमेह बढाउन महत्वपूर्ण सहयोग गर्छ । आराम गर्ने विभिन्न तरिका सिकेर चिन्तालाई टाढा राख्न सकिन्छ ।
मदिरा सेवन कम गरौं- मदिरामा बढी क्यालोरी हुने यसको सेवनलाई निकै कम गर्नुपर्छ ।
यदि तपाईंलाई मधुमेह छ भने वार्षिक रूपमा यसको पुनर्विचार गर्नुपर्दछ । यसले कि तपाईंको मधुमेह सम्बन्धी जटिलता विकास हुन नदिई जस्तै कोरोनरी मुटुरोगको नियन्त्रणलाई सहयोग पुर्याउँछ ।
(आचार्य ‘कोरोनरी मुटुरोग’ -२०१० पुस्तकका लेखक तथा ब्रिटिस मेडिकल जर्नालिष्ट एशोसियसनका सदस्य हुन् )
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान