लन्डन । तमुधिं यूकेको ल्होछार कार्यक्रममा सहभागी हुन बेलायत आएका गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) अध्यक्ष शेष घलेलाई आज शुक्रवार सांझ रात्रीभोज दिइंदैछ । गैर आवासीय नेपाली, संघ बेलायत अन्तर्गत योगेन्द्रबहादुर क्षेत्री समूहले आफू निकटको उल्लेख्य उपस्थितिमा तमुधिं, यूकेको आफ्नै भवन मिचेटमा रिसेप्सन राखेको हो । डिनर कार्यक्रमको मास्टर माइन्ड अध्यक्ष घले निकट ठानिने एनआरएनए आइसीसी सल्लाहकार डमर घलेले गरेका हुन् ।
केन्द्रिय अध्यक्षको सम्मानमा आयोजित रात्रीभोजमा आफूहरुलाई भने औपचारिक निम्तो नआएको अध्यक्ष महेन्द्र कंडेलले जनाएका छन् । ‘केन्द्रिय अध्यक्षको सम्मान गर्नु हामी सबैको दायित्व हो’, उनले भने, ‘तर, कार्यसमितिका साथीहरु कसैलाई थाहै नदिई घरमा जन्मदिन मनाए जस्तो हतार हतार कार्यक्रम राख्दा साथीहरुको अपरिपक्वता छर्लंग देखिएको छ ।’ कंडेलले अध्यक्ष जस्तो व्यक्तिलाई कुनै एक पक्षले बोक्दा बाहिर सकारात्मक सन्देश नजाने समेत बताए ।
एनआरएनए यूके विवाद छानवीन गर्न केन्द्रबाट गठित समितिले डिसेम्बर तेश्रो साता सम्वन्धित व्यक्तिहरुसंग सुझाव संकलन गरि प्रतिवेदन बुझाउनै लाग्दा एउटा समूहले रात्रीभोज गर्नुलाई कतिपयले अध्यक्ष घलेलाई रिझाउन गरिएको बुझेका छन् । आमन्त्रित व्यक्तिले अनौपचारिक पार्टी भनेपनि संस्थाको ब्यानरसहित रात्रीभोज गर्न तयारी भइसकेको छ ।
योगेन्द्रबहादुर क्षेत्रीका भाई प्रवेश क्षेत्रीले फेसबुकमा सजाइएका खाली कुर्ची टेवलको तस्विर राख्दै एनआरएनए यूके घलेको सम्मान गर्न तयार भएको उल्लेख गरेका छन् । क्षेत्री समूहका योगकुमार फगामीले एनआरएनए यूकेले कार्यक्रम राखेको पुष्टि गरे ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’