लण्डन । बेलायतमा रहेका नेपाली लगानीकर्ताहरुको संस्था नेपाली को-अपरेटिभ इन्भेष्टमेण्ट लिमिटेड (एनसीआई ग्रुप)को पहिलो अधिवेशनले मोहन गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
च्याथामस्थित गोर्खा भिलेज रेष्टुरेण्टमा सम्पन्न अधिवेसनले गठन गरेको नयाँ कार्यसमितिको सचिवमा अर्कराज तिम्सिना, कोषाध्यक्षमा लेखनाथ (एलएन) पाण्डे चयन भएका छन् । त्यस्तै कार्यकारी सदस्यहरुमा शहदेव गिरी, विष्णु त्रिपाठी, रञ्जिता सिंह मल्ल र सुरज केसी चुनिएका छन् ।
अधिवेसन सम्पन्न गर्न सुमलकुमार गुरुङको संयोजकत्वमा हरि गुरुङ र कुमार श्रेष्ठ रहेको तीन सदस्यीय निर्वाचन मण्डल बनाइएको थियो ।
नव गठित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।
एनसीआई बेलायतमा स्थापित व्यावसायी तथा सर्वसाधारणहरुद्धारा खोलिएको नाफामूलक सहकारी संस्था हो । कम्पनीमा ९९ जना शेयर होल्डर सदस्य छन् ।
संस्थाको पहिलो अधिवेशनमा करिब ६४ प्रत्तिशत सदस्यहरु सहभागी थिए । तदर्थ समितिका संयोजक मोहन गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशनलाई संस्थाकी सदस्य सुस्मिता गुरुङले सञ्चालन गरेकी थिइन् । तदर्थ समितिका सचिव अर्कराज तिम्सिनाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष एलएन पाण्डेको आर्थिक प्रतिवेदन एवं पाण्डेले प्रस्तुत गरेको समाजको विधान मस्यौदा संशोधनसहित पारित गरिएको थियो ।
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]